२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

मूलपानी–भुरीगाउँ सडक क्षेत्रका रुख कटानको प्रक्रिया अघि बढ्यो

२०८२, १३ जेष्ठ सोमबार १३:३२

काठमाडौँ । कर्णाली प्रदेशबाट लुम्बिनी र सुदूरपश्चिम दुई प्रदेशसहित तराईसँग जोड्ने छोटो सडकमार्ग मूलपानी–रानीघाट–तेलपानी–भुरीगाउँ सडक क्षेत्रका रुख कटानको प्रक्रिया अगाडि बढेको छ ।

करिब रु १३ करोड लागतमा विसं २०७७, असार १६ गते रानीघाट–तेलपानी सडक स्तरोन्नति गर्न पूर्वाधार विकास निर्देशनालय सुर्खेत र थोदुङ–जागृति जेभीबीच ठेक्का सम्झौता भएको थियो ।

विसं २०८२ माघ २२ गतेसम्म निर्माणकार्य सम्पन्न गर्ने भनिए पनि उक्त सडक निर्माण अवधि सम्पन्न हुनै लाग्दासमेत भौतिक प्रगति दश प्रतिशत मात्र भएको जनाइएको छ । निर्देशनालयका अनुसार अब पनि उक्त जेभीले सोही बजेटमा निर्माणकार्य अगाडि बढाउनेछ ।

ठेक्का सम्झौता भई निर्माणको काम अगाडि बढेको छ वर्षपछि उक्त सडकअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने रुख कटान प्रक्रिया अघि बढेको हो । रुख कटानका साथै जग्गा भोगाधिकारको कानुनी प्रक्रिया पूरा नगर्दा निर्माणकार्य अलपत्र परेको थियो । अन्ततः सडक किनारामा पर्ने रुख कटानको प्रक्रिया अघि बढेमा अब उक्त निर्माण आयोजनाले पूर्णता पाउने अपेक्षा गरिएको छ ।

निकुञ्जले सडकको पहिलो खण्डमा पर्ने बराहताल गाउँपालिका १ को श्रीचौरदेखि तेलपानीसम्म पर्ने रुखको लगत सङ्कलन प्रतिवेदन पूर्वाधार विकास निर्देशनालय सुर्खेतमा पेस गरेको छ । मध्यवर्ती क्षेत्रमा पर्ने चार हजार एक सय रुख कटान गर्नुपर्ने रायसहितको प्रतिवेदन निर्देशनालयमा पेस गरेको हो ।

मध्यवर्ती क्षेत्रमापर्ने सडक किनाराका रुख कटानको कार्य अगाडि नबढ्दा लामो समयदेखि निर्माणको काम रोकिँदै आएको थियो । रुख कटनाका लागि प्रतिवेदनमा आवश्यक प्रक्रिया पूरा गरी सङ्घीय वन तथा वातावरण मन्त्रालयमा पेस गरिने पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निर्देशक सूर्यबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले अनुमति दिएपछि रुख कटानको प्रक्रिया सुरू हुनेछ । निर्देशक शाहीले भन्नुभयो, “सडकका क्षेत्राधिकारभित्रका चार हजार चार सय ८४ रुखको प्रतिवेदन फाइल वन विभागमा पठाइसकेका छाँै । सामुदायिक र राष्ट्रिय वन क्षेत्रका तीन सय ८४ र मध्यवर्ती क्षेत्रका चार हजार एक सय रुख काट्ने तयारी भइरहेको छ ।”

रुख कटानमा अन्य अल्झन नआए अबको एक वर्षभित्र आयोजनाले पूर्णता पाउने निर्देशक शाहीले बताउनुभयो । उहाँका अनुसार भुरीगाउँबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको दूरी ५१ किलोमिटर छ । यो सडकको स्तरोन्नति र विस्तार भएको खण्डमा भुरीगाउँबाट वीरेन्द्रनगर एक घण्टाभित्रै पुग्न सकिन्छ । तत्कालीन जिल्ला पञ्चायतले विसं २०२५ मा हुलाकी सडकका रूपमा खोलेको ट्र्याकले ठाकुरबाबा नगरपालिका २ बर्दिया भुरिगाउँको अम्रेनीदेखि कर्णाली प्रदेशको बराहताल गाउँपालिकाको तेलपानी हुँदै वीरेन्द्रनगरलाई छुन्छ ।

सुर्खेत–भुरीगाउँ जोड्ने यो सडक पूर्णरूपले निर्माण हुनसके कर्णाली सहजै लुम्बिनी र सुदूरपश्चिम प्रदेशसँग जोडिने र बजार विस्तारमा सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते