2026-09-22 03:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टीभित्र व्यापक आर्थिक अराजकता बढ्यो: विप्लब

भदौ ९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले पार्टीभित्र व्यापक आर्थिक अराजकता रहेको बताएका छन् । 

नेता-कार्यकर्ता ‘चन्दामुखी’ भएको आरोप लागिरहेका बेला चन्द स्वयंले पार्टीभित्र अराजकता मौलाएको स्विकारेका हुन्।केन्द्रीय समिति बैठकमा पेस गरेको दस्ताबेजमा चन्दले आर्थिक अराजकताको कुरा महत्वका साथ उल्लेख गरेका छन्। उनको दस्ताबेजलाई बैठकले अनुमोदन गरेको थियो।

ग्रामीण क्षेत्रको जिम्मेवारी दिइएका नेता-कार्यकर्ता सहरमै केन्द्रित भएको, विवादास्पद मुद्दा-मामिलामा मात्र कार्यकर्ता सक्रिय भएको र पार्टीको माथिल्लो कमिटीको निर्देशन र अनुमतिविनै समात्ने, दुःख दिनेजस्ता काममा पार्टी प्रयोग भएको चन्दले खुलासा गरेका छन्।

अन्नपूर्णलाई प्राप्त चन्दको उक्त गोप्य प्रतिवेदनमा नेता-कार्यकर्ताकै बीचमा रकम असुली गर्न असम्बन्धित क्षेत्रमा हात हाल्ने अस्वाभाविक प्रतिस्पर्धा चलेको उल्लेख छ।

‘पार्टी पंक्ति बढी सहरकेन्द्रित हुनु, पार्टीमा पूर्णकालीन कार्यकर्ता र व्यवस्थापनको नीति स्पष्ट नहुनु, पार्टी कमिटी र जनवर्गीय संगठनको आर्थिक व्यवस्थापन चुस्त नहुँदा अर्थ संकलन गर्न असम्बन्धित क्षेत्रमा हात हाल्ने, पार्टीको अनुमतिबेगर नै मुद्दा हेर्ने, पार्टीको उपल्लो कमिटीको अनुमतिविना गिरफ्तार गर्नेजस्ता क्रियाकलाप पार्टीमा बढेको छ’, चन्दले स्विकारेका छन्।

काठमाडौं, चितवनलगायत क्षेत्रमा खटिएका पार्टी तथा जनवर्गीय संगठनका नेता मुद्दा-मामिला खोजी गर्दै हिँड्ने र न्यायका नाममा असुली गर्न थालेपछि चन्दको पार्टी आलोचित बन्दै गएको छ। 

‘प्रचण्डसँग हुँदा कमाउन नपाएका वा यता आएर अरूसँग बार्गेनिङ गर्ने प्रवृत्ति पनि पार्टीमा देखिएको छ’, चन्दले प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘कतै पार्टीमा आर्थिक फाइदाका लागि अस्वाभाविक सक्रिय हुने र क्रान्तिको चाप बढ्दा धोका दिने अवस्था त आउँदैन भन्ने प्रश्न पनि उठ्न थालेको छ।’

खासगरी विद्यार्थी, स्वयंसेवक र मजदुर संगठनमा आर्थिक अराजकता चर्को रुपमा देखा परेको नेताहरूको भनाइ छ। ती संगठनका केन्द्रीय जिम्मेवारीमै रहेका नेताहरूले ‘जनअदालत’ का नाममा मुद्दा मिलाइदिने बहानामा चर्को रकम असुली गर्दै आइरहेका छन्।

तीन महिनाअगाडि मात्रै जडीबुटीमा त्यस्तै मुद्दा मिलाउने नाममा भएको अपहरणमा नेकपाका केन्द्रीय नेता सुदीप मल्ल जोडिएका थिए। उनलाई अहिले स्पष्टीकरणसमेत सोधिएको नेकपाका नेताहरूले बताएका छन्।

उनले आफ्नो इच्छाअनुसार योजना बनाउने र घुमफिरमा रमाउने नेताहरूको प्रवृत्ति पार्टीमा आत्मघाती कदमका रूपमा देखापरेको पनि बताएका छन्। नेकपाले प्रवक्ता खडकबहादुर विश्वकर्माको नेतृत्वमा केन्द्रीय अर्थ विभाग बनाए पनि विभागभित्रै अराजकता देखिएको छ। अन्नपूर्ण पोष्ट दैनीक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ?