पढ्न करिब 1 मिनेट लाग्छ

मोदीले पानी राखे स्वराजले खुवाइन् –

भदौ ९, काठमाडौँ | हैदराबाद हाउसको कन्फरेन्स रुममा पत्रकार सम्मेलनमा बोलिरहेका वेला प्रधानमन्त्री देउवाको घाँटी बसेको थियो । पत्रकार सम्मेलनको सामुन्ने देउवा दायाँतिर र भारतीय प्रधानमन्त्री मोदी बायाँतिर उभिएका थिए ।

मोदीपछि बोलेका देउवालाई खोकी लाग्न थालेपछि सुष्मा उठिन् । उनी मोदी र देउवा उभिएको स्थानतिर गइन् । दुवैजना रहेको बीचमा पानी र गिलास थियो । स्वराजले गिलास उठाइन्, मोदीले पानी राखे । बोलिरहेका देउवालाई ‘ए पानी लिजिए’ भन्दै दिइन् ।

पानी पिएपछि देउवाको गिलास पनि स्वराजले लिन खोजिन्, तर बीचमै दूतावासका कर्मचारी सिर्जना अधिकारीले समाइन् । स्वराज आफ्नो सिटमा फर्किइन् ।

- नयाँ पत्रिका