2026-07-26 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा इदका अवसरमा तीन दिन बिदा

भदौ ९, युएई । युएईमा इदको अवसरमा निजी क्षेत्रमा तीन दिन सार्वजनिक बिदा हुने भएको छ । 

आउँदो भदौ १५ गते बिहीबारदेखि १७ गते शनिबारसम्म तीन दिन विदा हुने छ । आइतबारदेखि पुनः काम सुरु हुने छ ।

बिदा वापतको तलव भने काटिने छैन ।

यो पनि पढ्नुहोस् 

ओमनसँग श्रम सम्झौताको तयारी सुरु, ओमानका श्रममन्त्रीद्वारा नेपाली कामदारको तारिफ

म्यानपावरले विदेशमा शौचालय पनि सफा गर्नु पर्छ भनेपछि…

स्वीडेन र माल्टाबाट नेपाली कामदारको माग, १० हजारमै युरोप ! 

वैदेशिक रोजगारीमा गएकाहरुलाई खुसीको खबर: करार अवधिपछि पनि सहायता दिइने

यस अघि बैदेशिक रोजगारीमा गएकाहरु जब करार अवधि सकिन्थ्यो तब समस्या हुन्थ्यो । करार अवधि समस्यामा परेका कामदारहरुले सरकारबाट पाउने सुबिधाबाट स्वत: बन्चित हुन्थे ।

पुरानो व्यवस्था अनुसार करार अवधि सकिएकै दिन कामदार कुनै दूर्घटनामा परेको खण्डमा सरकारले त्यसको दायित्व बहन नगर्ने स्थिति थियो तर अब भने कामदारको हितका निम्ति सहायता अवधि थपिएको छ । नयाँ नीति अनिसार विदेश गई करार अवधि सकिएका कामदारले समय सकिएको थप १ बर्ष सम्म सरकारी सहायता पाउने भएका छन् । 

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले चालू आर्थिक वर्ष (आव) २०७४/७५ देखि यस्तो व्यवस्थाको थालनी गरेको हो । करार अवधिसम्म मात्र आर्थिक सहायता पाउँदै आएका कामदारलाई गएको साउनदेखि नै करार अवधि सकिएको एक वर्षपछिसम्म सहायता दिने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ ।

त्यस्तै वैदेशिक रोजगार नियमावलीमा संशोधन गर्दै बोर्डले सहायता रकम समेत बढाईदिएको छ । वैदेशिक रोजगार (तेस्रो संशोधन) नियमावली, २०७४ अनुसार मृतक कामदारको परिवारलाई प्रदान गरिँदै आएको आर्थिक सहायता रकम ३ लाख रुपैयाँलाई वृद्धि गरेर ७ लाख रुपैयाँ पुर्याएको छ । पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले यस बिषयमा घोषणा गरेपछी त्यसमा बोर्डले तदारुकता देखाएको थियो । संसोधनले वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग भएका तथा विरामी परेका कामदारका लागि शारीरिक अवस्था अनुसार सात/सात लाख रुपैयाँसम्म प्रदान गर्ने व्यवस्था पनि गरेको छ ।

त्यस्तै वैदेशिक रोजगारीमा गएका कामदारको परिवारको सदस्यहरु विरामी (क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन र अल्जाइमर्स गरी पाँच गम्भीर रोग) लागेमा ५० हजार रुपैयाँसम्मको औषधि उपचार समेत सरकारले नै व्यहोर्ने भएको छ । जसको लागि बोर्डले चालू आर्थिक बर्षमा कुल विनियोजित बजेटको ८१ प्रतिशत अर्थात १ अर्ब २ करोड २५ रुपैयाँ अनिवार्य आर्थिक दायित्व शीर्षकमा विनियोजन समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ