भदौ १०, काठमाडौँ । मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृ्वको क्रान्तिकारी नेकपा माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १०, काठमाडौँ । मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृ्वको क्रान्तिकारी नेकपा माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट"/>

2026-09-22 02:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोहनविक्रम, मोहन वैद्य र विप्लव पार्टी एकताका लागि छलफल गर्दै


भदौ १०, काठमाडौँ । मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृ्वको क्रान्तिकारी नेकपा माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच ध्रुवीकर र एकताका लागि छलफल सुरु भएको छ। 

क्रान्तिकारी धारको प्रतिनिधित्व गर्दै तीन पार्टी ध्रुवीकरण हुँदै एकतामा जान लागेका हुन्।  वैद्यले मोहनविक्रम निवासमा गत साता एकताका लागि पहिलो पटक प्रस्ताव लिएर गएका थिए। 

दुई नेताबीच भएको भेटमा छलफल र बहसलाई जारी राख्ने भन्दै छुट्टिएको क्रान्तिकारी नेकपा माओवादीका प्रवक्ता हरिभक्त कँडेलले बताए। तर विप्लव र वैद्यले एक आपसमा एकताका लागि एक अर्कोलाई अपिल गर्दै आएका छन्। पछिल्लो समय वैद्य क्रान्तिकारी शक्तिसँग ध्रुवीकरण र एकताका लागि बाक्लै भेटघाट गर्न थालेका छन्। 

कँडेलले संसदवादी शक्तिहरु कमजोर हुँदै गएको ठहर गर्दै केन्द्रीकृत र ध्रुवीकृत हुन थालेको बताए। क्रान्तिकारी माओवादीले क्रान्तिकारी शक्तिहरुबीच पार्टी एकतामा जाने भन्दै गत महिना केन्द्रीय समिति बैठकबाट ६ आधारभूत सिद्धान्त पास गरेको थियो। 

जसमा मार्क्सवाद, लेलिनवाद, माओवाद मान्ने, वर्तमान संविधान नमान्ने, सरकारमा नजाने, बल प्रयोगको सिद्धान्त मान्ने, जनवादी केन्द्रीयता र जनवादी कार्यदिशा भएका पार्टीसँग एकता हुन सक्ने प्रस्ताव अगाडि सारेको थियो। 

सोही अवधारणाअनुसार वैद्य, मोहनविक्रम, विप्लव लगायत साना क्रान्तिकारी पार्टीसँग एकताका लागि छलफल अगाडि बढाइरहेको नेता कँडेलले बताए। -नयाँ पत्रिका दैनिक  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ