2026-09-22 01:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१ वर्षमा १० हजार दुर्घटना, २ हजारभन्दा धेरैको मृत्यु

भदौ ११, काठमाडौं । एक वर्षमा देशभर १० हजार दुर्घटना भएका छन् । जसमा २ हजारभन्दा बढीको ज्यान गएको छ ।

नेपाल प्रहरीका अनुसार, आर्थिक वर्ष ०७३–७४ मा १० हजार १ सय ७८ दुर्घटना भए । ०७२–७३ मा १० हजार १३ दुर्घटना भएका थिए ।

चालकलाई अनुशासनमा राख्न नसक्दा धेरै दुर्घटना हुने गरेका छन् । फितलो कारबाहीका कारण चालकले लापरबाही गर्ने गरेको पाइएको छ । गत वर्ष ७ हजार ४ सय ८७ दुर्घटना चालकको लापरबाहीले भएका थिए ।

प्रहरीका अनुसार गत वर्ष १ हजार ३ सय ९१ तीव्र गति, ३ सय ७३ यात्रुको गल्ती, २ सय १३ ओभरटेक, २ सय ४९ यान्त्रिक गडबढी, ३३ ओभरलोड, २ सय ८८ मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा तथा एक सय ४० वटा दुर्घटना अन्य कारणले भएका छन् ।

दुर्घटनाबाट औसतमा दैनिक ६ देखि ७ जनाको मृत्यु हुने गरेको प्रहरी तथ्यांक छ । आर्थिक वर्ष ०७३–७४ मा २ हजार ३ सय ८४ जनाले ज्यान गुमाएका छन् । अघिल्लो वर्ष २ हजार ६ जनाको मृत्यु भएको थियो । त्यस्तै, आव ०७१–७२ मा दुई हजार चारको ज्यान गयो । गत वर्ष दुर्घटनामा ४ हजार २५० गम्भीर घाइते भए भने ८ हजार २ सय ९० सामान्य घाइते भएका थिए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु