३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

निगुरोे बेचेर घरखर्चको जोहो गर्दै कुमाल समुदाय

२० जेष्ठ २०८२, सोमबार १६:०२

काठमाडौँ । गुल्मी जिल्लाको पश्चिमी भेगमा बसोबास गर्ने कुमाल समुदाय निगुरो बिक्री गरेर घरखर्च चलाउँदै आएको छ । उनीहरूले वर्षौंदेखि वनजङ्गलमा पाइने जडीबुटीजन्य तरकारी निगुरो सङ्कलन गरेर बिक्री गरी नून तेलको जोहो गर्दै आएका छन् । उन्यू प्रजातीको एक प्रकारको वनस्पती निगुरो तरकारी र अचार खान प्रयोग गरिन्छ ।

विपन्न कुमाल समुदाय बढी मात्रामा यो पेसासँग जोडिएको छ । जेठ महिना सुरू भएपछि असोज महिनासम्म वनपाखामा प्रशस्त मात्रमा निगुरो पाइने गर्दछ । बिहानै उठेपछि डोको र नाम्लो बोकेर जङ्गलसम्म पुगेर डोकोभरी निगुरो टिपेर उनीहरु फर्कने गर्दछन् । यस क्षेत्रमा बसोबास गर्ने कुमाल सकुदायसँगै अन्य विपन्न परिवारका सदस्यको दिनचर्या दिनभर जङ्गल र पाखामा निगुरो टिपेर बित्ने गर्दछ ।

मनग्य आम्दानी गर्न सकिने भएका कारण त्यस क्षेत्रका कुमाल समुदाय यो पेसालाई अगाल्दै आएका छन् । उहाँहरू आफूले अघिल्लो दिन टिपेको निगुरो दोस्रो दिन बिहानै बिक्रीका लागि स्थानीय बजारदेखि सदरमुकाम तम्घाससम्म आइपुग्नुहुन्छ । जिल्लाको अर्जै, घमिर, अर्खाबाङ्, नेटा तथा ह्वाङ्दी, मुसिकोट लगायतका जङ्गलमा प्रशस्त मात्रमा निगुरो पाइने गर्दछ । विपन्न परिवारका लागि निगुरो यतिबेला राम्रो आम्दानीको मुख्य स्रोत बनेको छ । आफूले निगुरो बिक्री गरेर मासिक रु ३० हजारसम्म कमाउने गरेको इस्मा गाउँपालिका–५ की सरस्ववती मुखिया बताउनुहुन्छ । उहाँलाई त्यसैबाट घरखर्च चलाउन सजिलो भएको छ ।

एक मुठा निगुरो रु ५० मा बिक्री गर्ने गरेको मुखियाले बताउनुभयो । “दिनभर जङ्गलमा पुगेर टिप्ने हो, झरी, घाम, सर्प सबैबाट जोगिनुपर्छ, टिपेर ल्याएपछि बिक्री गर्न त गाह्रो छैन, घरखर्च चलाउन कसैसँग सापट माग्नु परेको छैन,” मुखियाले भन्नुभयो ।

जङ्गलबाट टिपेर ल्याएका वस्तुको गाउँमा खासै महत्व नहुने भएका कारण त्यसलाई डोकोमा बोकेर बिक्रीका लागि सदरमुकाम तम्घाससम्म ल्याउने गरिन्छ । यसलाई उत्पादन गर्न कुनै लगानी गर्नु नपर्ने, जङ्गलमा पुगेपछि सित्तैमा टिप्न पाइने र बजारमा राम्रो मूल्य पाइने भएका कारण निगुरो टिप्ने गरिन्छ । जङ्गलबाट टिपेर ल्याएको निगुरोलाई सुरूमा साना–साना मुठा बनाउने र त्यसलाई डोकोमा बोकेर बिक्रीका बजारसम्म पुराउने गरिन्छ ।

निगुरोले उचित मूल्य पाउने गरे पनि यसलाई टिप्न भने गाह्रो काम भएको इस्मा अमरपुरकी सीता कुमालले बताउनुभयो । “दिनभर जङ्गलमा जाने होे, घाम पानी नभनेर निगुरो टिप्छौँ”, उहाँले भन्नुभयो । सीता मुखिया मात्र हैन उहाँसँगै पसिना पुछ्दै डोकोमा निगुरो बोकेर सदरमुकाम आइपुग्नु भएकी चमेली राना निगुरो बिक्री गरेपछि घरपरिवारका सदस्यहरुको आवश्यकता पूरा गर्नुहुन्छ ।

“आम्दानी नहुनेलाई घर खर्च चलाउन निकै सजिलो भएको छ” उहाँले भन्नुभयो । बर्खाको समयमा जङ्गलदेखि निगुरो टिपेर दुई दिनको समय खर्चेर सदरमुकामसम्म आउन उहाँहरूलाई त्यत्ति सहज भने छैन ।

गुल्मीको निगुरो सदरमुकाम तम्घासमा मात्र होइन बुटवलका हाटबजारसम्म पुग्ने गर्दछ । आफन्तलाई कोसेलीको रूपमा पनि निगुरो खोजीखोजी पठाउने प्रचलन छ । बजारमा विषादी प्रयोग गरेका तरकारी खाँदाखाँदै हैरान परेका व्यक्तिका लागि पहाडको जङ्गलबाट टिपेर ल्याएको अर्गानिक निहुरोको बजारमा प्रसस्त माग हुने गर्दछ ।

निगुरोबाट अचार, तरकारी, चुकौनी लगायतका परिकार बनाउन सकिने र ती परिकारहरू मिठो र स्वादिलो हुने गरेको स्थानीय हरिप्रसाद शर्माले बताउनुभयो । निगुरो बिक्री गरेर यस क्षेत्रका विपन्न कुमाल समुदायले सिजनमा न्यूनतम रु दश हजारदेखि रु तीस हजारसम्म आम्दानी गर्दै आएका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन