Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

गुल्मीको अवरुद्ध जलविद्युत् परियोजना आजदेखि सञ्चालन

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/051b74d1cdf0aa9d68b15f2a641601cf1503905095.jpg" style="width: 50%; float: left;">भदौ १२,गुल्मी। गुल्मीको दरमखोला लघु जलविद्युत् परियोजनाको अस्थायीरुपमा विद्युत् सेवा आजदेखि सञ्चालन भएको छ ।&nbsp;<br></p><p>पहिरोले बगाएको बाँध तथा नहरलाई अस्थायीरुपमा नहर निर्माण गरेपछि विद्युत् सेवा सञ्चालन भएको विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिनुभयो । पचासी किलोवाट क्षमता भएको विद्युत् परियोजना सञ्चालन भएसँगै नगरपालिकाको वडा नं २, ७, ८ र छिमेकी जिल्ला बागलुङको बडिगाड गाँउपालिकाको वडा नं २ गरी चार वटा वडाका झण्डै ९०० घरधुरीका उपभोक्ताले बिजुली बाल्न पाएका छन् ।&nbsp;</p><p>विद्युत् सेवा सञ्चालन भएपछि बिजुली बत्ती, उद्योगधन्दा, कलकारखाना, कुटानी पिसानी, सञ्चारमाध्यमलगायत विद्युुतीय यन्त्रसमेत सञ्चालनमा आएका छन् । जलविद्युत् परियोजना गत तीन हप्ताअघिदेखि सोही वडाकै बसेरीका विभिन्न ठाउँमा माथिबाट खसेकोे पहिरोले विद्युत् नहरको बाँधलाई पहिरोले बगाएपछि जलविद्युत् परियोजना अवरुद्ध भएको थियो । रासस (फाइल फोटो)</p>