Skip to content
Friday, July 17, 2026 Nepali Online Media

तौलिहवा अस्पतालका अहेब उग्रसेन मुराउद्वारा विरामीमाथि दुर्वव्यवहार

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

इमरान खान/भदौ १२, कपिलवस्तु । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा स्थित जिल्ला पी. वीर अस्पताल तौलिहवामा इमरजेन्सी फाँटमा कर्मचारी अ.हे.व. उग्रसेन मुराउले विरामीहरुमाथि अभद्र व्यवहार गरेका छन ।

चोटपटक लागेर इमरजेन्सीमा जाँदा सामान्य मलमपट्टी र टिटानसको सुई समेत लगाउन आलटाल गर्ने विरामीहरुलाई फर्काने गरेको स्थानियबासी साधुप्रसाद गुप्ताले गुनासो गरे ।स्थानिय ब्यवसायी साधुप्रसादकी आमाको खुट्टामा सीसाले काटेर अस्पताल पुग्दा अ.हे.व. मुराउले उपचार नगरी फर्काइदिएपछि एउटा मेडिकल गई उपचार गर्नुपरेको बताउँछन ।

निज अ.हे.व.मुराउले यस अघि पनि यस्तै प्रकारले विरामीहरुलाई उपचार सुविधा नदिने उल्टै अभद्र बोलि तथा व्यवहार देखाएर भगाउने गरेको आरोप स्थानीयहरुको रहेको छ ।  निजले अस्पताल समितिबाट पाएको कुर्सीको धाक देखाउने, उपचार गर्न अटेर र आलटाल गर्ने गरेकोले विरामीहरुले आक्रोश पोखेका छन ।

उक्त अस्पतालमा आफ्नी आमाको हृदयरोग सम्बन्धि समस्याका कारण हिँडन नसक्ने अवस्थामा पुगेको र अ.हे.व.मुराउले ग्लुकोज मात्र चढाइदिएर कुनै डाक्टर न बोलाई कुनै वास्ता नगरेको माओवादी केन्द्रका जिल्ला कार्य समिति सदस्य तुफेल खानले बताए ।

स्थानीय सञ्चारकर्मी  इमरान खानले विरामी माथि अस्पतालले हेलचेक्र्याईं गरेको भन्दै अस्पताल परिसरमा पुगीअ.हे.व.मुराउ सँग डिउटीमा कुन डाक्टररहेको सोध्दा तथाडाक्टर खोजी गर्दा निज मुराउले खानमाथि अपशब्द प्रयोग गर्नुका साथै हातपात समेत गर्नखोजेका थिए ।

अस्पताल जस्तो संवेदनशील ठाउँमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने कर्मचारीले उल्टै विरामीहरुमाथि अभद्र व्यवहार गर्ने गरेको भन्दै स्थानीयबासीले अ.हे.व.मुराउ माथि कारवाही अघि बढाउन माग गरेका छन । अन्यथा पीडितहरुले जिल्ला जनस्वास्थ्य प्रमुखको कार्यालय तथा सम्बन्धित निकायमा गई आवश्यक कदम चाल्नुपर्ने अवस्था आउने स्थानीय साधु प्रसाद गुप्ता बताए ।