भदौ १४, अस्ट्रेलिया | अस्ट्रेलियास्थित नेपाली दूतावासले यहाँ रहेका अवैतनिक वाणिज्य दूतावासहरूसँगको सहकार्यमा नेपाल र नेपालीको हितमा गरिने विभिन्न महत्वाकांक्षी योजना योजना स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १४, अस्ट्रेलिया | अस्ट्रेलियास्थित नेपाली दूतावासले यहाँ रहेका अवैतनिक वाणिज्य दूतावासहरूसँगको सहकार्यमा नेपाल र नेपालीको हितमा गरिने विभिन्न महत्वाकांक्षी योजना योजना स"/>

२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलिया दूतावासले ल्यायो नेपाल र नेपालीका लागि यस्ता योजना

२०७४, १४ भाद्र बुधबार ०४:१७

भदौ १४, अस्ट्रेलिया | अस्ट्रेलियास्थित नेपाली दूतावासले यहाँ रहेका अवैतनिक वाणिज्य दूतावासहरूसँगको सहकार्यमा नेपाल र नेपालीको हितमा गरिने विभिन्न महत्वाकांक्षी योजना योजना सार्वजनिक गरको छ ।

क्यानबेरास्थित दूतावासमा मंगलबार आयोजना गरिएको राजदूत र अवैतनिक वाणिज्यदूतहरूसँगको परामर्श बैठकमा ‘नेपाल अस्ट्रेलिया ट्रेड तथा कमर्स टिम’ स्थापना गर्नेलगायत निर्णय गरिएको छ । दूतावासद्वारा जारी विज्ञप्तिमा उक्त टिमले नेपाल र अस्ट्रेलियाबीच व्यापार, वाणिज्य तथा लगानीका अवसरको विस्तारका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ । यसैगरी विद्यार्थीहरूको हितका लागि कल्याणकारी कार्यक्रम ल्याउने, नेपालको उत्पादन र उद्योग तथा व्यवसाय प्रवद्र्धन गर्न आर्थिक सम्मेलन गर्ने लगायत योजना सार्वजनिक गरिएका छन्।

नेपाल र अस्ट्रेलियाका सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने, सांस्कृतिक कार्यक्रम आदानप्रदान मार्फत द्विदेशीय सम्बन्ध अझ मजबुत बनाउन पहल गर्ने, गैरआवासीय नेपाली संघ (एनआरएन) तथा शैक्षिक परामर्शदातासँगको सहकार्यमा विद्यार्थी कल्याणकारी कोष स्थापना गर्ने लगायतका योजना छन्। 

यसैगरी दुई देशबीचमा उच्चस्तरीय राजनीतिक, शैक्षिक र व्यापारिक भ्रमण आदानप्रदानको पहल गर्ने निर्णय गरिएको छ । बैठकमा न्यु साउथ वेल्स र भिक्टोरियाका अवैतनिक महावाणिज्यदूतहरू दीपक खडका र चन्द्र योञ्जन तथा दक्षिण अस्ट्रेलिया, वेस्टर्न अस्ट्रेलिया र क्युन्सल्यान्डका अवैतनिक वाणिज्यदूतहरू क्रमशः दीपक धमला, फ्रेडरिक नील ब्राउन र जोसेफ एन्थोनी टुमा सहभागी थिए । – कान्तिपुर दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै