दलसिंह गिरी | भदौ १४, कालिकोट | यहि गएको एसईईमा उत्कृष्ठ अंक ल्याउने कालिकोटका ५ जना जेहेन्दार एवं विपन्न बालबालिकालाई काठ्माण्डौमा एक कार्यक्रमका विच सम्मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी | भदौ १४, कालिकोट | यहि गएको एसईईमा उत्कृष्ठ अंक ल्याउने कालिकोटका ५ जना जेहेन्दार एवं विपन्न बालबालिकालाई काठ्माण्डौमा एक कार्यक्रमका विच सम्मा"/>

2026-09-14 05:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटका जेहन्दार काठ्माण्डौमा सम्मान


दलसिंह गिरी | भदौ १४, कालिकोट | यहि गएको एसईईमा उत्कृष्ठ अंक ल्याउने कालिकोटका ५ जना जेहेन्दार एवं विपन्न बालबालिकालाई काठ्माण्डौमा एक कार्यक्रमका विच सम्मान गरिएको छ । केही महिना पहिले सुन्दर कालिकोट समृद्ध कालिकोटका अभियान्ता एवं नेपाली कांग्रेस सम्वद्ध तरुणदलका केन्द्रीय महामन्त्री भुपेन्द्रजंग शाहीको नेतृत्वमा स्थापना गरिएको अक्षयकोषबाट ५ जना बालबालिकाहरुलाई सम्मान गरिएको हो ।

सामुदायिक बिद्यालयहरुमा अध्ययन गरी एसइई परिक्षामा उत्कृष्ठ अंक ल्याउने ५ जनालाई आज शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीको प्रमुख आथित्यतामा नगद पुरस्कार सहित सम्मान गरिएको छ ।  

काठ्माण्डौको प्रज्ञा भवनमा आयोजित सम्मान कार्यक्रममा बोल्दै शिक्षा राज्यमन्त्री अधिकारीले कर्नालीमा गुणस्तर शिक्षाका निम्ति सरकारले प्रभावकारी नीति अबलम्बन गर्ने बताउनु भएको छ । यस्तै ‘सुन्दर कालिकोट, सम्मृद्ध कालिकोट’का अभियान्ता शाहीले आफ्नो नेतृत्वमा थालिएको यो अभियान राजनीति गर्न वा चुनाव जित्नका लागि नभई कालिकोटका जेहेन्दार एवं विपन्न बालबालिकाहरुको पढाईमा हौसला प्रदान गर्नका लागि अभियान थालिएको बताउनु भएको छ । 

गएको एसईईमा जिल्लामै उत्कृष्ट अंक ल्याउने कालिकोट खाडाचक्र नगरपालिकाका सम्मृद्धि बोहरालाई १० हजार र अन्य ४ जना शान्नीत्रिबेणीका देवजंग शाही, नविन नेपाली, खाडाचक्र नगरपालिकाका दान विक कालिका गाउपालिकाका नरेन्द्र बुढामगरलाई जनहि ५ हजारका दरले सम्मान गरिएको छ । विपन्न बालबालिकाहरुको पढाई प्रति अभिरुची जगाउन हौसला प्रदानका लागि सुन्दर कालिकोट समृद्ध कालिकोटले थालेको अभियानलाई साथ दिन अष्ट्रेलियामा बसोबास गर्दै आउनु भएका शिक्षा व्यवसायी एवं समाजसेवी राम श्रेष्ठले सम्मान कार्यक्रममा बोल्दै रु १० लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ