भदौ १५, काठमाडौं | बुधबार मध्यराति काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा निकै ठूलो चट्याङ परेको छ । सुतिरहेको बेला ठूलो आवाजसहित चट्याङ पर्दा धेरैजना आत्तिएर उठेका थि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, काठमाडौं | बुधबार मध्यराति काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा निकै ठूलो चट्याङ परेको छ । सुतिरहेको बेला ठूलो आवाजसहित चट्याङ पर्दा धेरैजना आत्तिएर उठेका थि"/>
2026-09-22 01:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज मध्यराती सबैलाई तर्साउनेगरी चट्याङ पर्नुको कारण के ?

भदौ १५, काठमाडौं | बुधबार मध्यराति काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा निकै ठूलो चट्याङ परेको छ । सुतिरहेको बेला ठूलो आवाजसहित चट्याङ पर्दा धेरैजना आत्तिएर उठेका थिए ।  

मनसुनको बेला यसरी ठूलो चट्याङ पर्ने घटना कम मात्रै हुने गर्छ । कसैकसैले त बुधबार रातिको चट्याङ निकै डरलाग्दो भएको बताएका छन् । मौसमविदका अनुसार कमजोर देखिएको मनसुन सक्रिय भएकाले चट्याङ परेको हो । 

मनसुन कमजोर हुँदा पानी कम परेपछि जमिन तात्ने र फेरि सक्रिय हुँदा तातेको जमिनबाट निस्किएको जलवाष्पयुक्त हावा प्रशस्त मात्रामा शक्ति लिएर वायुमण्डलमा धेरै माथि पुग्ने र त्यसलाई सहयोग गर्ने अरु जलवाष्पयुक्त हावा एक आपसमा ठोक्किँदा चट्याङ पर्ने मौसमविद् सुवास रिमालले बताउनुभयो । 

उहाँका अनुसार मनसुन सकिन लाग्दा यस्तो हुनु स्वभाविक हो । मध्य मनसुनमा स्थानीय स्तरमा बादल बन्ने क्रम कम हुने भएपनि मनसुनको अन्त्यतिर स्थानीय स्तरमा बनेको बादलको प्रभावले पनि चट्याङ पर्ने उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार अबको केही दिन बुधबार रातिको जस्तो ठूलो गर्जन नभएपनि मेघगर्जन सहित पानी पर्नेछ । सामान्यतया नेपालमा जुन १० देखि सेप्टेम्बर २३ तारिखसम्म मनसुन सक्रिय रहन्छ । अब झण्डै एक महिना मात्र मनसुनी समय रहेकाले मनसुन सक्रिय हुँदै कमजोर हुने मौसमविद्ले अनुमान गरेका छन् । मनसुन कमजोर हुँदै सक्रिय हुँदा मेघगर्जन सहित पानी पर्ने मौसमविद् सुवास रिमालले बताउनुभयो । 

– उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु