2026-09-16 04:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

फाइभजी विस्तारमा ८ अर्ब लगानी आवश्यक, तत्काल सम्भव छैन : एनसेल

काठमाडौँ । काठमाडौँ उपत्यकामा मात्र फाइभजी सेवा सञ्चालन गर्न ८ अर्ब रुपैयाँको लगानी आवश्यक पर्ने एनसेलले जनाएको छ। ‘बिल्डिङ सस्टेनाबिलिटीः डिजिटल टुमरो’ कार्यक्रममा कम्पनीले आर्थिक अवस्था, करको चाप र स्पेक्ट्रम शुल्कका कारण फाइभजी तत्काल ल्याउन कठिन रहेको जनाएको हो।

एनसेलका प्रबन्ध निर्देशक जाब्बोर कायुमोभका अनुसार, काठमाडौँ र ललितपुरमा मात्र पूर्वाधार विकास गर्न ८ अर्ब, र पाँच वर्षका लागि मर्मत तथा स्पेक्ट्रम खर्च जोड्दा कुल १५.५ अर्ब रुपैयाँ र देशभर सेवा विस्तार गर्दा लागत ६४.५ अर्ब रुपैयाँसम्म पुग्ने बताइएको छ।

“उच्च कर, शुल्क र भन्सारको चापमा यति ठूलो लगानी तत्काल सम्भव छैन,” कायुमोभले भने, “तर सरकारको नीतिगत सहजीकरण भए सम्भावना छ।”

उनले हाल फाइभजी ह्यान्डसेट प्रयोगकर्ता कम भएकाले चार वर्षभित्र उपयुक्त बिजनेस मोडेल तयार पारेर मात्रै लाइसेन्स प्रक्रिया अघि बढाउने योजना रहेको जनाए। २०२५ मा फाइभजी ह्यान्डसेटको प्रयोग २० प्रतिशत पुग्ने अनुमान गरिएको छ।

एनसेलले इन्टरनेट सेवा सदस्यता मोडेलमा जाने तयारी गरिरहेको र तीन दिनभित्र ‘लोसचेत प्याक’ हटाएर नयाँ योजना ल्याउने योजना रहेको पनि उनले बताए। साथै, कम्पनीले सन् २०२५ सम्म थ्रीजी र आगामी दुई वर्षभित्र टूजी सेवा बन्द गर्ने जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल