३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

फाइभजी विस्तारमा ८ अर्ब लगानी आवश्यक, तत्काल सम्भव छैन : एनसेल

३१ जेष्ठ २०८२, शुक्रबार १४:३४

काठमाडौँ । काठमाडौँ उपत्यकामा मात्र फाइभजी सेवा सञ्चालन गर्न ८ अर्ब रुपैयाँको लगानी आवश्यक पर्ने एनसेलले जनाएको छ। ‘बिल्डिङ सस्टेनाबिलिटीः डिजिटल टुमरो’ कार्यक्रममा कम्पनीले आर्थिक अवस्था, करको चाप र स्पेक्ट्रम शुल्कका कारण फाइभजी तत्काल ल्याउन कठिन रहेको जनाएको हो।

एनसेलका प्रबन्ध निर्देशक जाब्बोर कायुमोभका अनुसार, काठमाडौँ र ललितपुरमा मात्र पूर्वाधार विकास गर्न ८ अर्ब, र पाँच वर्षका लागि मर्मत तथा स्पेक्ट्रम खर्च जोड्दा कुल १५.५ अर्ब रुपैयाँ र देशभर सेवा विस्तार गर्दा लागत ६४.५ अर्ब रुपैयाँसम्म पुग्ने बताइएको छ।

“उच्च कर, शुल्क र भन्सारको चापमा यति ठूलो लगानी तत्काल सम्भव छैन,” कायुमोभले भने, “तर सरकारको नीतिगत सहजीकरण भए सम्भावना छ।”

उनले हाल फाइभजी ह्यान्डसेट प्रयोगकर्ता कम भएकाले चार वर्षभित्र उपयुक्त बिजनेस मोडेल तयार पारेर मात्रै लाइसेन्स प्रक्रिया अघि बढाउने योजना रहेको जनाए। २०२५ मा फाइभजी ह्यान्डसेटको प्रयोग २० प्रतिशत पुग्ने अनुमान गरिएको छ।

एनसेलले इन्टरनेट सेवा सदस्यता मोडेलमा जाने तयारी गरिरहेको र तीन दिनभित्र ‘लोसचेत प्याक’ हटाएर नयाँ योजना ल्याउने योजना रहेको पनि उनले बताए। साथै, कम्पनीले सन् २०२५ सम्म थ्रीजी र आगामी दुई वर्षभित्र टूजी सेवा बन्द गर्ने जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली