भदौ १६, काठमाडौं । प्रहरीका उच्च अधिकारीहरू नै पक्राउ परे पनि विमानस्थलबाट सुन तस्करी रोकिएको छैन । 

पछिल्लोपटक विमानस्थलमा खटिएका सशस्त्र प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १६, काठमाडौं । प्रहरीका उच्च अधिकारीहरू नै पक्राउ परे पनि विमानस्थलबाट सुन तस्करी रोकिएको छैन । 

पछिल्लोपटक विमानस्थलमा खटिएका सशस्त्र प्"/>

2026-07-25 12:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सशस्त्रको सेटिङमा विमानस्थलबाट सुन तस्करी


भदौ १६, काठमाडौं । प्रहरीका उच्च अधिकारीहरू नै पक्राउ परे पनि विमानस्थलबाट सुन तस्करी रोकिएको छैन । 

पछिल्लोपटक विमानस्थलमा खटिएका सशस्त्र प्रहरीले सुन तस्करीमा सहयोग गर्दै आएको अनुसन्धानमा खुलेको छ। गत पुसमा प्रहरीले बरामद गरेको साढे ३३ किलो सुन तस्करीमा विमानस्थलका प्रहरी अधिकारी तथा भन्सार अधिकृतहरूको मिलेमतो खुलेको थियो। 

करिब दुई किलो अवैध सुनसहित पक्राउ परेका सशस्त्र प्रहरीका सइ सञ्जीव मानन्धरसहित तीनजनालाई पुर्पक्षका लागि जेल चलान भएका छन्। 

गत १६ साउनमा प्रहरीले विमानस्थलबाटै दुई किलो सुनसहित सइ मानन्धर, लेखबहादुर रजाली र पार्वती गुरुङलाई पक्राउ परेको थियो। रजालीले विदेशबाट ल्याएको सुन सइ मानन्धरले एयरपोर्टबाट पास गराउन खोज्ने क्रममा उनीहरू पक्राउ परेका थिए। 

थप अनुसन्धानका लागि तीनैजनालाई पुर्पक्षका लागि थुनामा पठाइएको भन्सार कार्यालय विमानस्थलका प्रमुख नारायण सापकोटाले बताए। सइ मानन्धरले पटक–पटक विमानस्थलबाट सुन पास गराउने सूचनाका आधारमा प्रहरीले उनलाई पिछा गरी पक्राउ गरेको थियो।

मलेसियन एयरलाइन्स हुँदै सिंगापुरबाट आएका नवलपरासी राकाचुलीका ३० वर्षीय लेखबहादुर रजालीले अवैध सुन ल्याएका थिए। प्रहरी अनुसन्धानअनुसार सो सुन पास गराउने जिम्मा सइ मानन्धरले लिएका थिए। 

उनी सुन लिन शौचालय गएकोमा प्रहरीलाई देखेपछि हच्किएका थिए। पछि पक्राउ परेका रजालीले उनीमार्फत नै आफूले सुन पास गर्न खोजेको बताएपछि उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।

रजाली र सइ मानन्धरबीच पटक–पटक फोनमा कुरा भएको थियो। सशस्त्रका सइले पटक–पटक विमानस्थलबाट सुन तस्करीमा सहयोग गरेको बयान रजालीले दिएका छन्। उनी पछिल्लो ६ महिनामा १४ पटक मलेसिया तथा दुबई गइसकेका थिए। सुन तस्करीकै लागि उनी त्यसरी पटक–पटक विदेश जाने गरेको प्रहरी आशंका छ। 

उनले सुन आफ्नै भएको र प्रहरीसँग मिलेर तस्करी गर्दै आएको बयान दिएका छन्। बयानका क्रममा सइ मानन्धरले आफ्नो संलग्नता नरहेको दाबी गरे पनि उनको संलग्नताको थप प्रमाण खोज्ने काम भइरहेको भन्सार प्रमुख सापकोटाले बताए। मानन्धर १० वर्षदेखि विमानस्थलमै कार्यरत थिए। -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक