Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेसनल ‘प्रमुख दलकै निर्देशनमा’ सम्बन्धन

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ १७, काठमाडौं ।</b> प्रमुख दलका शीर्ष नेताहरुको निर्देशनमै पूर्वाधारविहीन, विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले सम्बन्धन दिएको खुलेको छ।&nbsp;<br></p><p>विवादास्पद निर्णयमा हस्ताक्षरकर्तामध्ये त्रिवि कार्यकारी परिषदका एक सदस्यले प्रमुख दलका नेताले सम्बन्धन दिन आफूहरुलाई निर्देशन दिएको खुलासा गरेका हुन्।</p><p>‘हामीलाई प्रमुख दलका मुख्य नेताहरुले सम्बन्धन दिनुपर्छ भन्नुभएको हो। त्यसमा एमालेका नेताहरु पनि छन्, कांग्रेस, माओवादीका पनि छन्,’ त्रिभुवन विश्वविद्यालयका कार्यकारी परिषदका एक सदस्यले भने,‘हामीले निर्णय लेख्नुअघि प्रधानमन्त्री र शिक्षामन्त्रीलाई जानकारी गराएका थियौं। उहाँहरुले नै (निर्णय भए पनि) अहिले बाहिर नल्याउनुस् भन्नुभयो। तर, तीन सातापछि उहाँहरुले नै निर्णय ‘लिक’ गरिदिनुभयो।’ -कान्तिपुर दैनिक&nbsp;</p>