इमरान खान/भदौ १७, कपिलबस्तु । मुस्लिम धर्मावलम्वीहरुको दोस्रो ठुलो महान चाड पर्व ईदुल अजहा अर्थात बकरा ईद कपिलवस्तु जिल्लाहरुमा मुस्लिमहरुले हार्सौउल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 इमरान खान/भदौ १७, कपिलबस्तु । मुस्लिम धर्मावलम्वीहरुको दोस्रो ठुलो महान चाड पर्व ईदुल अजहा अर्थात बकरा ईद कपिलवस्तु जिल्लाहरुमा मुस्लिमहरुले हार्सौउल"/>

2026-09-16 06:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

आधिराज्य भरी मुस्लिमहरुको दोस्रो ठूलो चाड बकर ईद मनाउदै


 इमरान खान/भदौ १७, कपिलबस्तु । मुस्लिम धर्मावलम्वीहरुको दोस्रो ठुलो महान चाड पर्व ईदुल अजहा अर्थात बकरा ईद कपिलवस्तु जिल्लाहरुमा मुस्लिमहरुले हार्सौउलासका साथ मनाउदै छन् । 

कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा, बहादुरगज, चन्द्रौटा, कृष्णनगर, मर्जादपुर, पकडी, अभिराव लगायत कपिलवस्तु जिल्लाभारि ईदुल अजहा अर्थात बकरा ईद मुस्लिम धर्मावलम्वीहरु हार्सौउलासका साथ मनाई रहेका छन् विभिन्न स्थानहरुमा रहेका ईदगाह तथा मास्जिदहरुमा भेला भै सामुहिक नमाज पढेर एक आपसमा अकमाल गरि एकआपसमा जिवनभरि रहेको रिश्भिहरुलाई आजका दिन प्रेममायामा बदलि अकमाल गरि एकआपसमा शुभकामना आदान प्रदान गर्ने गर्दछन । 

ईदुल अजहा अर्थात बकरा ईद को नमाज पढी सके पछि मुस्लिम धर्मावलम्वीहरु आआफ्नो घर गई आफ्नो क्षमता अनुसारको कुरवानी अर्थात् बली दिने गर्दछन् । 

मुस्लिम धार्मिक ग्रन्थ अनुसार अल्लाहले सवै भन्दा प्यारो वस्तु कुरवानी मागे पछि नवि ईब्राहिम अलिहि सलामले आफ्नो प्यारो छोरा ईस्माईल अलिहि सलामको वली स्वरुप कुरवानी दिन खोज्दा अल्लाह खुशी भई ईस्माईल अलहि सलामको ठाउँमा दुम्बा अर्थात् भेडाको कुरवानी गरेको धार्मिक जन विश्वास रहेको छ । 

आजको दिनलाई उनीहरु अल्लाहले दुब्बाको कुरवानी लिएर ईस्माईल अलिहि सलामलाई बचाएको पवित्र दिनको रुपमा स्मरण गर्दै घर घरमा खसी, भेडा, रांगा तथा पाठीहरुको बली दिएर कपिलवस्तुका मुस्लिमहरुले ईदुल अजहा अर्थात बकरा ईद मनाई रहेका छन् । 

कुरवानीको मासुलाई बराबर ३ भागमा निकालेर पहिलो भागका मासुलाई गरीबहरु जसको कुरबानि गर्ने पैसा हुदैना उनिहरुलाई दिने र दोस्रो भागका मासुलाई साथीभाई हित्रमित्रहरुमा बाडने र तेस्रो भागमासुलाई घरपरिवारमा बनाएर खाने गर्दछन् ।

इस्लाम धर्मलम्बीहरुको दोस्रो ठुलो महान चाडपर्ब बकरा ईद इदुल अजहा २०७४ भादौ १८ गते आईतबार का दिन परेकाले उतm दिन नेपाल सरकारले सार्वजानिक विदा दिएकोमा मुस्लिम धर्मावलम्वीहरु नेपाल सरकार प्रति खुशि ब्याक्त गरेका छन । 

मुस्लिम धर्मावलम्वीहरु इस्लामी महिनाको अन्तीम महिनाको तिन दिन १०, ११ र १२ तारिखको दिन कुरबानी मनाइन्छ । तिन दिन सम्मा बुरबानी गर्ने गर्द छन ।

यसै क्रममा मदरसा जामिया फारुकिया निदायक हक कापिलवस्तु तौलिहवा का गुरु हजरत मौलाना जाहिरुद्दिन अन्सारी सँग कुरबानि सम्बन्धमा गरेका कुराकानी मा कुरबानि सम्बान्धि दिएका जानकारी यसप्रकार रहेको छ ।

१. कुरबानीको इतिहास यसप्रकार छ: इस्लाम धर्म अनुसार कुरबानी हजरत इब्राहिम अलहीइस्लामको सुन्नत हो । सुन्नत भनेको जुन काम अल्लाहको खुसीका लागि पैगम्बरहरुले गर्नुपर्छ । अल्लाहतालाले कुरबानी आफनो अन्तीम नबी हजरत मोहम्मद मुस्तफा सल्लाहु अलैही वसल्मको उम्मतका लागि राखीएको थियो । कुरान शरिफमा अल्लाहको आदेश छ । भाग नं ३० पाठ न. १०८ आयत नं २ मा उल्लेख गरिएको छ । अफनो अल्लाह को लागि नमाज पढा र कुरबानी गरा । अब हेरनु कुरबानी नवीको सुन्नत पनि हो । अनि आल्लाहको हुकुम पनि कुरबानी रहेको छ । कुरबानी वाजिब इबादत हो । कुरबानी गर्नु सबैभन्दा ठुलो धर्म रहेको छ ।

२. कस्तो व्याक्तीले कुरबानी गर्न सक्छ: कुरबानी गर्ने व्याक्तिको जिम्मा आवश्यक्ता बहेक साढे सात तोला सुन अथवा साढे बाउन तोला चादी वा सुन चादीको मुल्य बराबारको रकम छ भने त्यस्तो व्यात्तिले कुरबानी गर्नु पर्छ । यदी त्यस्तो व्याक्तिले कुरबानी गरेन भने त्यो अल्लाहको नजरमा उतm ब्यातिm गुनेहगार हनेछ । 

३. कुरबानीको मासु कसरी खाने: कुरबानी गरेसकेपछी मासुलाई तिन भागमा बढ्नु पर्छ एक भाग गरिब लाई दिनुपर्छ । जो गरिबले विभिन्न कारणले गर्दा कुरबानी गर्न सक्दैन त्यस्तो व्याक्तीलाई दिए अल्लाहताला खुशि हुन्छन । दोस्रो भाग आफनो इष्ट मित्र नातेदार वा साथिहरुलाई खुवाउनु अथवा बाडनु पर्छ । तेस्रो भागको मासु आफनो घरको परिवारमा खानलाई दिनुपर्ने कुरा कुरानमा उल्लेख गरएिको छ । 

४ . कुरबानीका लागि कस्तो जनाबरको कुरबानि गर्नु उपयुक्त हुन्छ: कुरबानीका लागि खसी, भेडा,गाई भैसी, रागाँ उटको कुरबानी गरिन्छ । तर हाम्रो नेपालमा हामीले गाईको पुजा गर्ने गर्दछम अनि गाई राष्ट्रिय जनावार भएकाले हामीले गाईको कुरबानी दिदैनौ बहिरी देशमा गाईको कुरबानी दिने चलन रहेको छ । गाई, भैसी, उटको कुरबानी गर्दा ७ जना मिलेर गरेपछी कुरबानी कबुल भएको मानिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो