Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

इम्बोस्डमा शंकै–शंका, होला कार्यान्वयन ?

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १८, काठमाडौं । सरकारले साढे तीन वर्षभित्र करिब २५ लाख सवारी साधनमा उच्च सुरक्षा प्रविधियुक्त ‘इम्बोस्ड नम्बर’ प्लेट जडान गर्ने उद्देश्यसहित काम सुरु गरे पनि यसको कार्यान्वयनमा शंका उत्पन्न भएको छ ।

यातायात व्यवस्था विभागले देश संघीय संरचनामा गइसकेको अवस्थामा पुरानै अञ्चलको नाममा नम्बर प्लेट जडान सुरु गरेपछि कार्यान्वयनमा शंका गरिएको हो । संविधानमा अञ्चल शब्द नै उच्चारण छैन । अञ्चल, लागत र अंग्रेजी नम्बर प्लेटलाई लिएर विरोध भइरहेको छ ।

सरकारले लागत मूल्यलाई ४ तहमा वर्गीकरण गरेर काम सुरु गरे पनि कतिपयले नीतिगत रुपमै हिनामिना भएको बताइरहेका छन् । त्यति मात्रै नभई विभागले तोकेको मूल्य पनि वैज्ञानिक नभएको भन्दै सर्वसाधारणले विरोध गरिरहेका छन् ।  -अन्नपूर्ण पोस्ट दैनिक