२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाडा नबढे अग्रिम टिकट बुकिङ खुला नगर्ने धम्की

२०७४, २० भाद्र मंगलवार ०२:२६

भदौ २०, काठमाडौं । दसैँका लागि भदौ २२ गतेदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला गर्ने भनिए पनि यातायात व्यवसायीले चासो दिएका छैनन्। 

सार्वजनिक सवारीको भाडादर समायोजन र बसको क्यारियर (छत) राख्न पाउनुपर्ने व्यवसायीहरूको माग पूरा नहुँदासम्म अग्रिम टिकट बुकिङ खुला नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ। महासङ्घले गत असारबाट भाडादर समायोजन गर्न यातायात व्यवस्था विभागलाई दबाब दिंदै आएको छ। 

यातायात व्यवस्था विभाग र महासङ्घबीच भदौ २२ गतेबाट दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको थियो। 

उक्त सहमतिसँगै विभागले भाडा समायोजन गर्ने सहमति पनि भएको महासङ्घले जनाएको छ। विभागले भाडा समायोजनको निर्णय नगर्दासम्म टिकट खुला नगरिने महासङ्घका अध्यक्ष डोलनाथ खनालले बताए।

व्यवसायीहरूका मागहरूप्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै अध्यक्ष खनालले भने, ‘चार वर्षदेखि भाडा समायोजन भएको छैन हामीले असारदेखि भाडा समायोजन गर्न भनिरहेको छौँ, वैज्ञानिक भाडादर बनाउ भनेका छौँ, विभागले भाडा निर्धारण समिति बनाएर काम गरिसकेको पनि छ तर किन निर्णय गर्दैन ?’ विभागले जति छिटो भाडा समायोजन गर्छ त्यतिनै छिटो अग्रिम बुकिङ खुला गरिने खनालको भनाइ छ।

विभागले भने भाडा समायोजनको काम भइरहेको तर तत्काल वृद्धि गर्न नसकिने जनाएको छ। यातायात महासङ्घका दुई वटा मागहरू छन्, जुन भाडा समायोजन र छत राख्न पाउनुपर्ने हो। यी दुवै मागउपर काम भइरहेको विभागले जनाएको छ तर तोकिएको समयमा अग्रिम टिकट बुकिङ खुला नगरिए सम्बन्धित सवारीलाई कारबाही गरिने विभागका महानिर्देशक रुपनारायण भट्टराई बताए।

उनले भने, ‘भाडा समायोजनको काम भइरहेको छ, क्यारियर राख्ने कामको लागि नियमावली नै संशोधन गर्नुपर्छ त्यसका लागि विभागले पहल गर्ने हो संशोधन गर्न सक्दैन, अग्रिम टिकट बुकिङ खुला गरिनुपर्छ नगरिए हामी कारबाही गर्छौं। ’’

तर भाडा समायोजन नगरिंदा तोकिएको समयमा अग्रिम टिकट बुकिङ खुला गर्न व्यवसायीहरू तयार छैनन्। यदि आफूहरूका मागहरू सरकारले बेवास्ता गरे स्वतः अग्रिम टिकट बुकिङ खुला गर्न ढिला हुने महासङ्घले जनाएको छ।

महासङ्घका अध्यक्ष खनाल भन्छन्, ‘यदि भाडा समायोजन भएन र क्यारियर राख्न पाइँदैन भने सरकारले भनेअनुसार अग्रिम टिकट बुकिङ खुला गर्न सकिंदैन, नैतिकताका आधारमा हामीले खुलाउनु आफ्नो ठाउँमा छँदैछ। ’ विभाग भदौ १५ गतेबाट अग्रिम टिकट बुकिङ खुला गर्ने तयारीको थियो तर महासङ्घले अस्वीकार गरेपछि दसैँका लागि अग्रिम टिकट बुकिङ हुने दिन अन्योलमै छ। -गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी