६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाडा नबढे अग्रिम टिकट बुकिङ खुला नगर्ने धम्की

२० भाद्र २०७४, मंगलवार ०२:२६

भदौ २०, काठमाडौं । दसैँका लागि भदौ २२ गतेदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला गर्ने भनिए पनि यातायात व्यवसायीले चासो दिएका छैनन्। 

सार्वजनिक सवारीको भाडादर समायोजन र बसको क्यारियर (छत) राख्न पाउनुपर्ने व्यवसायीहरूको माग पूरा नहुँदासम्म अग्रिम टिकट बुकिङ खुला नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ। महासङ्घले गत असारबाट भाडादर समायोजन गर्न यातायात व्यवस्था विभागलाई दबाब दिंदै आएको छ। 

यातायात व्यवस्था विभाग र महासङ्घबीच भदौ २२ गतेबाट दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको थियो। 

उक्त सहमतिसँगै विभागले भाडा समायोजन गर्ने सहमति पनि भएको महासङ्घले जनाएको छ। विभागले भाडा समायोजनको निर्णय नगर्दासम्म टिकट खुला नगरिने महासङ्घका अध्यक्ष डोलनाथ खनालले बताए।

व्यवसायीहरूका मागहरूप्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै अध्यक्ष खनालले भने, ‘चार वर्षदेखि भाडा समायोजन भएको छैन हामीले असारदेखि भाडा समायोजन गर्न भनिरहेको छौँ, वैज्ञानिक भाडादर बनाउ भनेका छौँ, विभागले भाडा निर्धारण समिति बनाएर काम गरिसकेको पनि छ तर किन निर्णय गर्दैन ?’ विभागले जति छिटो भाडा समायोजन गर्छ त्यतिनै छिटो अग्रिम बुकिङ खुला गरिने खनालको भनाइ छ।

विभागले भने भाडा समायोजनको काम भइरहेको तर तत्काल वृद्धि गर्न नसकिने जनाएको छ। यातायात महासङ्घका दुई वटा मागहरू छन्, जुन भाडा समायोजन र छत राख्न पाउनुपर्ने हो। यी दुवै मागउपर काम भइरहेको विभागले जनाएको छ तर तोकिएको समयमा अग्रिम टिकट बुकिङ खुला नगरिए सम्बन्धित सवारीलाई कारबाही गरिने विभागका महानिर्देशक रुपनारायण भट्टराई बताए।

उनले भने, ‘भाडा समायोजनको काम भइरहेको छ, क्यारियर राख्ने कामको लागि नियमावली नै संशोधन गर्नुपर्छ त्यसका लागि विभागले पहल गर्ने हो संशोधन गर्न सक्दैन, अग्रिम टिकट बुकिङ खुला गरिनुपर्छ नगरिए हामी कारबाही गर्छौं। ’’

तर भाडा समायोजन नगरिंदा तोकिएको समयमा अग्रिम टिकट बुकिङ खुला गर्न व्यवसायीहरू तयार छैनन्। यदि आफूहरूका मागहरू सरकारले बेवास्ता गरे स्वतः अग्रिम टिकट बुकिङ खुला गर्न ढिला हुने महासङ्घले जनाएको छ।

महासङ्घका अध्यक्ष खनाल भन्छन्, ‘यदि भाडा समायोजन भएन र क्यारियर राख्न पाइँदैन भने सरकारले भनेअनुसार अग्रिम टिकट बुकिङ खुला गर्न सकिंदैन, नैतिकताका आधारमा हामीले खुलाउनु आफ्नो ठाउँमा छँदैछ। ’ विभाग भदौ १५ गतेबाट अग्रिम टिकट बुकिङ खुला गर्ने तयारीको थियो तर महासङ्घले अस्वीकार गरेपछि दसैँका लागि अग्रिम टिकट बुकिङ हुने दिन अन्योलमै छ। -गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति