६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुरक्षा निकायकै स्कर्टिङमा ८८ केजी सुन काठमाडौं आएको खुलासा

२० भाद्र २०७४, मंगलवार ०२:३९

भदौ २०, काठमाडौं । नेपालको भूमि प्रयोग गरी तिब्बतबाट नेपाल हुँदै भारततर्फ तस्करी हुन लागेको ८८ केजी सुन सुरक्षा निकायको स्कर्टिङमा काठमाडौं आइपुगेको नयाँ रहस्य पत्ता लागेको छ । 

तिब्बतको नाका रसुवागढीबाट नेपाल प्रवेश गरेको उक्त सुन कहीँ पनि चेकजाँच नभइ काठमाडौं आइपुगेको तथ्य फेला परेको छ । ठमेलमा होटल सञ्चालन गर्दै आएका चिनीयाँ नागरिक याङवेन विङ र पान विङ मिङले मगाएको उक्त सुन प्रहरीले सुराकीको आधारमा सोमबार क्षेत्रपाटीबाट पक्राउ गरेको थियो ।

काठमाडौं भित्र्याएको उक्त सुन लिन भारतीय नागरिक शिवम् पटेल र रानी वर्मा ठमेलमा बसेको भए पनि उनीहरूले सुन रिसिभ गर्न नपाउँदै महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो ।

एक साताअघि तिब्बतबाट केरूङमा आएको १ सय ३० किलो सुन नेपाल प्रवेश गर्न लागेको सुराकी पाएका रसुवाका एक युवकले उक्त सुन तस्करीका बारेमा अनुसन्धान गरेका थिए । तिब्बत र नेपालको सीमानामा केरूङबाट भित्रिएको उक्त सुन बिना जाँच राजधानी आइपुगेको उनले बताए ।

रसुवागढीबाट आएको बा १ च ६४२७ नम्बरको टाटा स्ट्रोम गाडी बिनाचेक-जाँच राजधानी भित्रिएको थियो । १४ स्थानमा चेकजाँच गर्ने प्वाइन्ट भए पनि कहीँकतै उक्त गाडी चेक भएको थिएन ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुखलाई प्रभावमा पारेर उक्त सुन काठमाडौं भित्रिएको पत्ता लागेको छ । १३० किलो सुन काठमाडौं भित्रिदै गरेको सुराकी पाएपछि पिछा गर्दै आएका ती युवकले बिना चेकजाँच काठमाडौं भित्रदै गरेको उक्त गाडीलाई सादा पोसाकमा रहेका प्रहरीले नुवाकोटको पिपलटारबाट पिछा गरेका थिए । 

उनीहरूले पिछा गरेको उक्त गाडी बिना चेकजाँच काठमाडौं छिरेको थियो ।  -नेपाल समाचारपत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति