१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

कालीकोटको दलितवस्तीमा खानेपानी पहुँच

१२ असार २०८२, बिहीबार १५:४०
काठमाडौँ । कालीकोटको रास्कोट नगरपालिका–३ का दलित बस्तीमा एक घर एक खानेपानीको धारा जडान भएको छ । सागाटिया, कुमाल वाडा र नैकला टोलका एक सय ७८ घरधुरीमा पाँच किलोमिटर टाढाको मुहानबाट पानी ल्याएर ‘एक घर, एक धारा’ योजना अन्तर्गत खानेपानी पु¥याइएको हो ।
घरघरमै धारा जडान भएसँगै पुस्तौँदेखिको खानेपानीको सङ्कट अन्त्य भएको छ भने स्थानीयलाई घण्टौँ टाढाबाट पानी बोकेर ल्याउने बाध्यता हटेको छ । एक गाग्री पानी ल्याउन बिहानभरि लाग्ने गरेको र घरमा खानेपानीको धारा आउला भन्ने कल्पना नगरेको स्थानीय सीता कुमालले बताउनुभयो । ‘अब बचेको समयमा आम्दानीको काम गर्न थालेका छौं,’ उहाँले भन्नुभयो,“खानेपानी ल्याउनका लागि टाढाटाढा जानुपर्ने बाध्यता हटेको छ ।”
खानेपानी योजना बनाउनका लागि हेल्भेटास नेपाल र रास्कोट नगरपालिकाको आर्थिक सहयोग तथा हुरेन्डेक नेपाल, कालीकोटको प्राविधिक सहयोगमा सम्पन्न भएको हुरेन्डेक नेपाल कालीकोटका उपाध्यक्ष खडानन्द अधिकारीले बताउनुभयो । “करिब रु डेढ करोडको लागतमा दुई वटा आयोजनामार्फत योजना सम्पन्न भएको हो,’ उहाँले भन्नुभयो, ‘स्थानीयको श्रमदान महत्वपूर्ण रहेको थियो ।”
खानेपानीसँगै सरसफाइ सुधारका लागि भाँडा सुकाउने ठाउँ, फोहर फाल्ने खाडललगायत संरचना पनि निर्माण गरिएको छ । जसले बस्तीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको छ । रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले यो आयोजना नगरपालिकाको नमूना योजना भएको बताउनुभयो । उहाँले यसको संरक्षण र दीगो प्रयोगमा सबैलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
खानेपानी योजनाले सामाजिक न्यायलाई व्यवहारमा उतारेको उप–प्रमुख मनिराज बरालले बताउनुभयो । ‘विकट दलित बस्तीमा शुद्ध पानी पु¥याएर हामीले विभेद् अन्त्यको दिशामा सानो तर महत्वपूर्ण कदम चालेका छौंँ,’ उहाँले भन्नुभयो, ‘अब सरसफाइ र मर्मतमा स्थानीयको सक्रियता आवश्यक छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट