2026-09-22 01:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बरामद सुनको कमिसनबारे प्रहरीभित्र विवाद

भदौ २१, काठमाडौं । बरामद सुनको कमिसनको विषयलाई लिएर प्रहरीबीच विवाद सुरु भएको छ । 

वरिष्ठ प्रहरी अधिकारीले प्रतिवेदकमा थोरै व्यक्तिको मात्र नाम राखेपछि अपराध महाशाखाका प्रहरीबीच विवाद देखिएको हो । महाशाखाका एसपी नरेन्द्र उप्रेतीले थोरै व्यक्तिको मात्र नाम प्रतिवेदकमा राखेपछि विवाद भएको स्रोत बताउँछ । पछि एसएसपी दिवेश लोहनीले महाशाखामा कार्यरत अन्य प्रहरीको पनि नाम थपेर पठाएका थिए । प्रहरी र सुराकी दिनेले १० लाख रुपैयाँसम्म कमिसन पाउँछन् ।

यसैबीच ८८ केजी सुन तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले मंगलबार थप तीन व्यक्तिलाई पक्राउ गरेको छ । रसुवाबाट दाम्पा तामाङ र दिलीप खड्का पक्राउ परेका हुन् । त्यस्तै, महानगरीय अपराध महाशाखाले शेर्पा थरका एक व्यक्तिलाई पक्राउ गरेको छ । 

उनी फरार रहेका चिनियाँ नागरिक जिया क्विङका साथी हुन् । क्विङको ठमेलमा दुईवटा होटेल छ । रसुवामा पक्राउ परेका दुवै गाडीचालक हुन् । उनीहरूलाई पक्राउ गरी काठमाडौं पठाइएको रसुवाका डिएसपी शरद थापाले बताए ।

लामो समयदेखि नेपालमा बिजनेस भिसामा बस्दै आएका चिनियाँ नागरिक भने परिवारसहित नै फरार भएका छन् । तस्करीको व्यवस्थापन उनले गरे पनि सो सुनमा धेरै व्यक्तिको लगानी रहेको स्रोत बताउँछ । 

काठमाडौंका केही सुनपसलेदेखि भारतीय व्यापारीहरूको समेत संलग्नता रहेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू बताउँछन् । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी