२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

करोडौंको सुन समातिँदा पनि किन टाट पल्टिँदैनन् तस्कर ?

२०७४, २२ भाद्र बिहीबार ०१:३७

भदौ २२, काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले बरामद गरेको ८८ किलो सुनको मूल्य बुधबार अन्तर्राष्ट्रिय बजारमा ४४ करोड रुपैयाँ छ । नेपालको भन्सार दर १० ग्रामबराबर ४ हजार २ सय रुपैयाँ हो । यसका आधारमा भन्सार छलेर सुन नेपाल भित्र्याउँदा किलोमा करिब ४ लाख रुपैयाँ फाइदा हुन्छ। 

८८ किलो बजारमा फैलाउँदा करिब ४ करोड रुपैयाँ फाइदा निकाल्छन् तस्करले। यही सुन भारत पुग्दा दोब्बर फाइदा हुन्छ। प्रहरीले ८८ किलो बरामद गर्दा तस्करीमा लगानी गर्नेको ४४ करोड रुपैयाँ डुबेको छ। मुद्दा प्रक्रिया टुंगिएपछि यो सुन राज्यकोषमा दाखिला हुनेछ। तर, रोचक पक्ष के हो भने प्रहरीले पटकपटक करोडौं मूल्यबराबरको सुन बरामद गर्दै आए पनि सुनका मुख्य लगानीकर्ता कहिल्यै खुल्दैनन्। व्यापारी वृत्तमै तस्करीको सुन बरामद हुँदा लगानीकर्ता टाट पल्टेको चर्चा हुँदैन। आखिर किन?

सुन तस्करीबारे जानकार स्रोतका अनुसार एकै व्यक्तिले लगानी गर्दा उच्च जोखिम हुने भएकाले तस्करीको सुनमा सामूहिक लगानी हुने गरेको छ। जसका कारण प्रहरीले ठूलो परिमाणको सुन बरामद गर्दासमेत तस्करीमा लगानी गर्नेले ठूलो क्षति बेहोर्दैनन्।

नेपालमा भइरहेको सुन तस्करीबारे अध्ययन गरिरहेको स्रोतका अनुसार तस्करीको सुनका लागि न्यूनतम ५ समूहको लगानी हुन्छ। जसले गर्दा सुरक्षा निकायले सुन बरामद गर्दासमेत उनीहरुलाई ठूलो आर्थिक भार बेहोर्न नपरेको हो। -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा