2026-09-11 07:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

भीरकोटका उत्कृष्ट नौ किसान सम्मानित

2025-07-03
काठमाडौं ।  स्याङ्जाको भीरकोट नगरपालिकाले पालिकाभित्रका उत्कृष्ट नौ कृषकलाई सम्मान गरेको छ । लामो समयदेखि व्यावसायिकरुपमा कृषि गर्दै आएका नगरका नौ उत्कृष्ट कृषकलाई नगरपालिकाले प्रोत्साहनस्वरुप सम्मान गरेको हो ।
नगरपालिकाले कृषि विकास कार्यक्रमअन्तर्गत कृषकलाई रु १० हजार नगदसहित प्रमाणपत्रले सम्मान गरेको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो । नगरपालिकाका नौ वटै वडामा कृषि कर्म गर्दै आउनुभएका कृषक तथा कृषक समूहलाई सम्मानका लागि आवेदन आब्हान गरिएको र सोही आवेदनका आधारमा उत्कृष्ट कृषकका रुपमा छनोट गरी सम्मान गरिएको उहाँले बताउनुभयो ।
“कृषि कर्म गर्दै आएका १८ कृषक तथा कृषक समूहको आवेदन प्राप्त भएको थियो”, उहाँले भन्नुभयो, “प्राप्त आवेदनका आधारमा स्थलगत अनुगमन गरेर मूल्याङ्कन तथा छनोट समितिबाट सिफारिस भइआएका कृषकलाई सम्मान गरेका हौं ।”
सम्मानित हुनेहरुमा वडा नं २ का खाद्यान्न तथा नगदे बाली उत्पादक कृषक कृष्णबहादुर अधिकारी, वडा नं ३ का कृषक लोकबहादुर खत्री, वडा नं ६ का गाईपालक कृषक कमल गोदार, वडा नं ६ कै भैंसीपालक कृषक शिव खत्री, वडा नं ७ का फलफूलखेती गर्ने कृषक श्यामप्रसाद अर्याल, वडा नं ७ कै फलफूलखेती गर्ने व्यावसायिक कृषक ननिता अर्याल राना, वडा नं ८ का नवीनतम कार्य अन्तर्गत बाख्राको दूधबाट चीज लगायतका परिकार उत्पादनमा सक्रिय कृषक डिलबहादुर गुरुङ र वडा नं ९ का बाख्रापालक कृषक भेमराज रेग्मीलाई नगदसहित सम्मान गरिएको हो ।
सम्मानित हुनेमा सात पुरुष किसान र दुई महिला किसान रहनुभएको छ । कृषकलाई उत्पादन वृद्धि गर्नुका साथै कृषि पेशालाई व्यावसायिक बनाउन कृषक सम्मानले थप प्रोत्साहन र उर्जा मिल्ने प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीले बताउनुभयो । लामो समयदेखि कृषि कर्म गर्दै आएका कृषकलाई छनोट गरी सम्मान गर्ने कार्यले आफूजस्ता अन्य सयौं कृषकलाई थप उर्जा र प्रोत्साहन पुग्ने दाबी भीरकोट–८ का बाख्रापालन व्यवसाय गर्दै आउनुभएका डिलबहादुर गुरुङले बताउनुभयो ।
“गाउँमै बसेर कृषि कर्म गर्दा पनि सम्मानित भईने रहेछ भन्ने देखिएको छ”, उहाँले भन्नुभयो, “जसकाकारण आगामी दिनमा व्यवसाय प्रवद्र्धनका लागि थप प्रोत्साहन र उर्जा मिलेको महशुस गरेको छु ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस