१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने

२० असार २०८२, शुक्रबार १४:३४

काठमाडौँ । चलचित्र विकास बोर्डले आफ्ना ३३ प्रकारका सेवा अनलाइन माध्यमबाट प्रदान गरेको छ । बोर्ड स्थापना भएको २५ वर्ष पूरा भएको उपलक्ष्यमा घोषणा गरिए अनुसार चलचित्र दर्ता, जाँच सिफारिस, घर इजाजत, चलचित्र महोत्सव आयोजना स्वीकृतिलगायतका ३३ प्रकारका सेवाका लागि अब कार्यालय जान नपर्ने भएको छ ।

यसका साथै बोर्डले ‘बक्सअफिस २ सिनेपा’ नामक ‘एप’ सञ्चालनमा ल्याएको छ । यस किसिमको नयाँ व्यवस्थासँगै कार्यालय धाउनुपर्ने अवस्था अन्त्य भएको र चलचित्रको व्यापारलाई पारदर्शी बनाएको अध्यक्ष दिनेश डिसीले बताउनुभयो ।

“हामीले नेपालभर रहेका एक सय ६६ चलचित्र भवनलाई बक्सअफिस एपमा जोडेका छौँ । यसले व्यापारलाई पारदर्शी बनाउँछ र निर्माता, वितरक एवं प्रदर्शकबीचको सम्बन्धलाई आगामी दिनमा अझै हार्दिकता र मित्रवत् बनाउँछ । अब चलचित्र भवनमा टिकट बिक्री हुने वित्तिकै त्यो जानकारी निर्माताले पाउनुहुनेछ । यसका साथै अनलाइन सेवाका कारण बोर्डमा धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । सामान्य सेवाहरू अनलाइन कै माध्यमले लिन सक्नुहुनेछ”, अध्यक्ष डिसीले भन्नुभयो ।

पदभार ग्रहण गरेदेखि नै योजनाबद्ध रुपमा सुरू गरिएको काम लगभग अन्त्यतिर पुगेको उल्लेख गर्दै उहाँले सूचना र प्रविधिको विकास एवं विस्तारसँगै चलचित्र क्षेत्रमा देखिएका समस्या समाधानका लागि योजनाबद्ध ढङ्गबाट समयसापेक्ष रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बोर्डले आगामी आर्थिक वर्षदेखि क्षमता अभिवृद्धि, सिपमूलक कार्यमा चलचित्रसँग जोडिएका सङ्घ संस्थासँग सहकार्य गरेर काम गर्ने योजना रहेको पनि अध्यक्ष डिसीले बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने