२०८३, २७ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने

२०८२, २० असार शुक्रबार १४:३४

काठमाडौँ । चलचित्र विकास बोर्डले आफ्ना ३३ प्रकारका सेवा अनलाइन माध्यमबाट प्रदान गरेको छ । बोर्ड स्थापना भएको २५ वर्ष पूरा भएको उपलक्ष्यमा घोषणा गरिए अनुसार चलचित्र दर्ता, जाँच सिफारिस, घर इजाजत, चलचित्र महोत्सव आयोजना स्वीकृतिलगायतका ३३ प्रकारका सेवाका लागि अब कार्यालय जान नपर्ने भएको छ ।

यसका साथै बोर्डले ‘बक्सअफिस २ सिनेपा’ नामक ‘एप’ सञ्चालनमा ल्याएको छ । यस किसिमको नयाँ व्यवस्थासँगै कार्यालय धाउनुपर्ने अवस्था अन्त्य भएको र चलचित्रको व्यापारलाई पारदर्शी बनाएको अध्यक्ष दिनेश डिसीले बताउनुभयो ।

“हामीले नेपालभर रहेका एक सय ६६ चलचित्र भवनलाई बक्सअफिस एपमा जोडेका छौँ । यसले व्यापारलाई पारदर्शी बनाउँछ र निर्माता, वितरक एवं प्रदर्शकबीचको सम्बन्धलाई आगामी दिनमा अझै हार्दिकता र मित्रवत् बनाउँछ । अब चलचित्र भवनमा टिकट बिक्री हुने वित्तिकै त्यो जानकारी निर्माताले पाउनुहुनेछ । यसका साथै अनलाइन सेवाका कारण बोर्डमा धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । सामान्य सेवाहरू अनलाइन कै माध्यमले लिन सक्नुहुनेछ”, अध्यक्ष डिसीले भन्नुभयो ।

पदभार ग्रहण गरेदेखि नै योजनाबद्ध रुपमा सुरू गरिएको काम लगभग अन्त्यतिर पुगेको उल्लेख गर्दै उहाँले सूचना र प्रविधिको विकास एवं विस्तारसँगै चलचित्र क्षेत्रमा देखिएका समस्या समाधानका लागि योजनाबद्ध ढङ्गबाट समयसापेक्ष रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बोर्डले आगामी आर्थिक वर्षदेखि क्षमता अभिवृद्धि, सिपमूलक कार्यमा चलचित्रसँग जोडिएका सङ्घ संस्थासँग सहकार्य गरेर काम गर्ने योजना रहेको पनि अध्यक्ष डिसीले बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन