२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२० करोड बुझाएर यसरी ल्याइएको थियो ८८ किलो सुन

२०७४, २३ भाद्र शुक्रबार ०१:४७

भदौ २३, काठमाडौं । क्षेत्रपाटीबाट गत आइतबार राति बरामद भएको ८८ किलो सुन खरिदका लागि तस्करले २० करोड धरौटी राखेको खुलेको छ । तस्करले २० करोड रुपैयाँ मात्र धरौटी राखेर बाँकी रकम भनेको ठाउँमा पुगपछि दिने शर्तमा सुन काठमाडौं भित्र्याइएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

सो रकम धरौटी राखेपछि चिनियाँ व्यापारीले किस्ता किस्तामा सुन पठाएका हुन्।  सो सुन काठमाडौं ल्याएर भारतको कोलकाता लैजाने योजना थियो। चिनियाँ नागरिक पान विइ मिङ र भारतीय व्यापारी अनिलकुमार शर्माले सो सुन आयात गरेका थिए।

स्रोतका अनुसार अनिलकुमार शर्मालगायत भारतीय व्यापारीहरूको कनेक्सन चिनियाँ नागरिक पान विइ मिङसँग रहेको छ। दुवैतर्फको रकम डलरमा हुण्डीमार्फत चीन लगिएको थिायो।

उनीहरू सुन समातिएकोमा भन्दा कारोबार रोकिएको र पैसा डुबेकोमा बढी चिन्ति छन्। ‘अब पहिलाको पैसा चुक्ता नगरी सुन ल्याउन पाइँदैन, भएको पैसा उतै डुब्यो’, भारतीय व्याापारी शर्मानिकट स्रोतले भन्यो, यो सबै सुन कलकत्ताको व्यापारीको हो। यो क्षति बहन गर्न गाह्रो छ।’ भारतीय नागरिक शर्मालाई बालु भन्ने जग्न्नाथ घांगेले नेपालमा सहयोग गरिरहेका थिए।

बालुको सेटिङमार्फत नै सो सुन कोलकाता लैजान लागिएको थियो। तर सुराकीले प्रहरीलाई खबर गरेपछि सुन बरामद भएको थियो। बालु नेपालमै सुनचाँदी व्यवसाय गरेर बसेका छन्। उनलाई सम्पत्ति शुद्धिकरण विभागले मुद्दा चलाएको थियो। उनका सहयोगी भारतीय नागरिक नरेश अग्रवाल रहेको स्रोतले जनाएको छ।

प्रहरीले हालसम्म पनि सुनका मालिकलाई पक्राउ गर्न सकेको छैन। केही सुन पुरानो नाका तातोपानी हुँदै आएको हो भने केही रसुवाबाट आएको हो। ‘पैदल यात्रुले पनि सुन ल्याए, धेरैजसो कन्टेनरमै आएको हो’, स्रोतले भन्यो, ८८ किलो जम्मा गर्न दुई महिना लागेको थियो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी