२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढीमाईमा खानेपानीको हाहाकार

२०८२, २७ असार शुक्रबार १३:४२

काठमाडौँ । सिरहाको धनगढीमाई नगरपालिका–१३ भरनैनी बस्तीका करिब १५० घर परिवारले खानपानीको चरक सङ्कट भोगेको लामो समय भयो । तीन वटै तहका सरकारको उपस्थितिपछि पनि पानीको समस्याले दीर्घकालीन समाधानको बाटो पाउन सकेको छैन ।

वर्षौंदेखि जनप्रतिनिधिका चुनावी आश्वासनमा अल्झिएका बासिन्दा आजसम्म पनि एक जार पानीका लागि घण्टौँ लाइन बस्न बाध्य छन् । केही समयअघि नगरपालिकाले दुई वटा ठूला बोरिङ जडान गरिएको भए पनि पानीको मात्रा अत्यन्त न्यून भएपछि समस्या जस्ताको त्यस्तै छ ।

स्थानीयहरु बिहानदेखि बेलुकासम्म पानीको जोहो गर्न सङ्घर्षरत छन् । स्थानीय लक्ष्मीनियाँ देवी राम भन्नुहुन्छ, “घाममा घण्टौँ लाइन बस्नुपर्छ, दुई–तीन घण्टापछि बल्ल पालो आउँछ । एक जार पानीबाट खान पकाउने, कपडा धुने र गाईबस्तुलाई खुवाउने सबै काम गर्नुपर्छ, कतिपय त खाली हातै फर्किनुपर्छ ।”

त्यस्तै, स्थानीय देवकी मोचीले भन्नुभयो, “पहिले यही ट्याङ्कीबाट पानी आउँथ्यो, तर अहिले १० दिन भयो, पानीको मात्रा घटेर गयो । थोरैथोरै आउने पानीका लागि घण्टौँ कुर्नुपर्छ ।”

त्यसैगरी, गहनी देवीराम र रधिया रामको गुनासो अझै गहिरो छ । उहाँहरुको भनाइ छ । “बिहानदेखि बेलुकासम्म पानीकै चिन्तामा बित्छ । एक बाल्टिन पानी भर्न घण्टौँ लाइन बस्नुपर्छ । नेताहरू चुनाव आउँदा बोरिङ दिन्छु भन्छन्, तर जितेपछि फर्केर कोही हेर्दैनन् ।”

धनगढीमाई–१३ का वडाध्यक्ष सूर्यमान तामाङले खानेपानी ट्याङ्की निर्माण भइसकेको र अहिले पाइपलाइन विस्तारको काम बाँकी रहेको जनाउनुभयो । उहाँले भन्नुभयो, “स्थायी समाधानका लागि तयारी भइरहेको छ, चाँडै समाधान गर्छौं ।”

यस्तो पीडादायी पृष्ठभूमिमा केही दिनअघि सङ्घीय खानेपानीमन्त्री प्रदीपकुमार यादवले यही वडामा ‘डाबर खानेपानी योजना’ उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहले केही आशा दिलाए पनि बासिन्दाले अझै पानीको धारामा सुक्खा नै महसुस गरिरहेका छन् ।

धनगढीमाईका नगरप्रमुख शिवशङ्कर महतोले भरनैनी बस्तीको दीर्घकालीन खानेपानी सङ्कटबारे भन्नुभयो, “हामी बस्तीको समस्याप्रति पूर्ण जानकार छौँ । नगरपालिकाले ट्याङ्की निर्माण गरिसकेको छ र अब पाइपलाइन विस्तार तथा पानीको स्रोत सुदृढीकरणमा जोड दिइरहेका छौँ ।”

उहाँले थप्नुभयो, “पानी प्रत्येक नागरिकको मौलिक अधिकार हो । समस्या दीर्घकालीन भएको स्वीकार छौँ, तर हालको व्यवस्थापन र योजना कार्यान्वयनले स्थायी समाधान ल्याउनेछ । सङ्घीय र प्रदेश सरकारसँग पनि समन्वय भइरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा