2026-09-22 01:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मृत्यु भएका व्यक्तिको पासपोर्टमा १५ वर्ष अमेरिका

भदौ २५, काठमाडौं । मृत्यु भएका व्यक्तिको पासपोर्टमा एक नेपाली दम्पती १५ वर्ष अमेरिका बस्न सफल भए । तर, सक्कली पासपोर्ट प्रयोग गर्नेक्रममा उनीहरु प्रहरी फन्दामा परेका छन्। 

सोलुखुम्बुका लाक्पा शेर्पा र उनकी श्रीमती थाक्पाको कथा हो, यो। १५ वर्ष अमेरिका बसेर लाक्पा र थोक्पा दुई महिनाअघि नेपाल फर्किए। यस अवधिमा उनीहरुलाई अमेरिकामा धेरैले पेम्बा र याङजी भनेर चिन्थे। दुवैले आफ्नो नाम पनि पेम्बा र याङजी भएको बताउने गरेका थिए। पासपोर्ट पनि त्यही नाममा थियो।

पासपोर्टको अवधि सकिएपछि पनि सोही नाममा नयाँ पासपोर्ट बनाए। तर, एउटा औंठाछापले १५ वर्षअघिको उनीहरुको अपराध अहिले आएर बाहिर आएको छ। हाल दुवै हिरासतमा छन्। तीन साताअघि उनीहरु पक्राउ परेका हुन्।

मानव तस्करीमा संलग्न एक समूहबाट लाक्पा र थोक्पाले अमेरिकाको भिसा लागेका दुईओटा पासपोर्ट १५ लाख रुपैयाँमा किनेका थिए। सोही समूहले पासपोर्टमा उनीहरुको फोटो परिवर्तन गरिदिएको थियो।

त्यही पासपोर्टबाट उनीहरु सन् २००२ मा अमेरिका पुगेका थिए। दुई महिनाअघि सोही पासपोर्टमा नेपाल फर्किए। कसैले थाहा पाएन। यो १५ वर्षमा उनीहरु अमेरिकामा स्थापित भइसकेका थिए। 

छोरी अमेरिकी सेनामा भर्ना भइसकेकी थिइन्। अब अमेरिका जान दुवैलाई गाह्रो थिएन। त्यसकारण आफ्नै नाममा पासपोर्ट बनाएर भिसाका लागि सबै कागजपत्र काठमाडौंस्थित अमेरिकी दूतावासमा बुझाए। दूतावासमा दुवैले आफूहरु यसअघि कहिल्यै अमेरिका नगएको बताएका थिए।

तर, औंठाछापबाट उनीहरुको अपराध पत्ता लाग्यो। औंठाछाप सामान्यतः कसैसँग मिल्दैन। तर, लाक्पा र थोक्पासँगै मिल्ने औंठाछापको व्यक्ति अमेरिका गएर आइसकेका थिए। 

थप छानबिन गर्नेक्रममा उनीहरुले आफ्नो विगत लुकाउन सकेनन्। त्यसपछि दूतावासले प्रहरीको विशेष ब्युरोलाई खबर गरी बुझायो। ब्युरोले सामान्य सोधपुछपछि उनीहरुमाथि कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगन्जमा पठाएको हो। प्रहरीले उनीहरुलाई राहदानी एनेअनुसार अनुसन्धान अघि बढाएको थियो। तर, जिल्ला सरकारी वकिल कार्यालयले राहदानी ऐनभन्दा अध्यागमन ऐन आकर्षित हुने भन्दै गत बुधबार अध्यागमन विभागमा बुझाएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी योगेन्द्रसिंह थापाले बताए।

अध्यागमन ऐनअनुसार म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको विभागका निर्देशक शम्भु मरासिनीले जानकारी दिए। -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी