2026-09-22 01:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फनपार्कको जग्गा कौडीको भाउमा कांग्रेस सांसदका आफन्तलार्इ

भदौ २५, काठमाडौँ । समाज कल्याण परिषद्को नाममा रहेको भृकुटीमण्डपको जग्गा तथा घरटहरा काठमाडौं फन पार्कलाई कौडीको भाउमा भाडामा दिएको बषौं बित्दासमेत सम्बन्धित निकाय तैं चुप मै चुपको अवस्थामा रहेका छन् । 

जग्गा तथा घरटहरा भाडामा दिएको १४ वर्ष बित्दासमेत सदस्य सचिव, परिषद्का बोर्डसम्मका पदाधिकारी तैं चुप मै चुप गरी बसिरहेका छन् ।

राज्यमन्त्री समेत भइसकेका कांग्रेस सांसद टेकबहादुर गुरूङका परिवारका सदस्यहरु पाल्देन गुरुङ र रविन्द्र गुरुङलाई पालैपालो १४ वर्षदेखि परिषद् बोर्ड र कार्य समितिका सदस्यसँगको मिलेमतोमा विधि र प्रक्रियामा नगराई सो जग्गा कौडीको मोलमा भाडामा दिएर परिषद्ले करोडौं रुपैयाँ नोक्सान हुँदा सबै मौन बसेका छन् ।

फनपार्कले ६४ रोपनी जग्गा २०५७ सालमा मासिक चार लाख ७५ हजार रुपियाँ बुझाउने सर्तमा चार वर्षका लागि सम्झौता गरेको थियो । त्यसपछि फनपार्कले २०६१ सालमा ५ वर्षका लागि मासिक २ लाख २ हजार ४ सय रूपैयाँमा र २०६९ सालमा १५ वर्षका लागि मासिक ५ लाख ५५ हजार रूपैयाँमा सम्झौता गरेको थियो। २०५७ पछि ५ वर्षका लागि जग्गा भाडामा दिँदा २ लाख ७२ हजार ६ सय रूपैयाँ कम दाममा जग्गा भाडामा दिइयो ।

जबकि भृकुटीमण्डप सञ्चालन कार्यालयलाई ३ रोपनीमा फैलिएको तरकारी बजारले मासिक ९ लाख ९० हजार रूपैयाँ बुझाउँछ भने ३० रोपनीमा फैलिएको निम्न ब्यापार संघले मासिक ७ लाख रूपैयाँ भाडा बुझाउने गरेको छ । -नेपाल समाचारपत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी