२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१८ वर्षीया किशोरीका ६ र ४ वर्षीय छोरा !

२०७४, २६ भाद्र सोमबार ०१:२३

भदौ २६, विराटनगर । मोरङ बेलबारी–१ की सरिता ऋषिदेव उमेरले १८ वर्ष पुगेकी छिन् । 

१२ वर्ष लाग्दै गर्दा उनको गंगा ऋषिदेवसँग विवाह भएको थियो। अहिले उनी ६ र ४ वर्षका दुई छोराकी आमा बनेकी छिन्। मातृशिशु सुरक्षाका लागि सरकारले ‘बिहेबारी २० वर्षपारि’ भनेर कानुन निर्माण गरेको छ। 


तर, किशोरावस्थामा रहेकी सरिता भने परिपक्व आमा बनिसकेकी छिन्। भूमिहीन सरिता ज्याला–मजदुरी गरेर ६ र चार वर्षका छोराहरू विशाल र विकासको भरणपोषण गरिरहेकी छिन्। सरिताका श्रीमान् गंगा कृषि मजदुरी गर्छन्। हालैको बाढीले उनीहरू बस्दै आएको छाप्रो बगाइदिएको छ। दैनिक मजदुरी गरेर जीविका चलाउने सरितासँगै अन्य पाँच घरपरिवार हाल बेलबारी–१ को अमनासिसौली सामुदायिक वन क्षेत्रमा शरण लिइरहेका छन्।

स्वास्थ्य सेवाका कार्यक्रमबारे सरिता अनभिज्ञ

आमा र शिशुलाई निरोगी र स्वस्थ बनाउन सरकारले किशोरी शिक्षा, परिवार नियोजन, मातृशिशु सुरक्षा, बालविवाह नियन्त्रणलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर, १२ वर्षे कलिलो उमेरमै आमा बनेकी सरिता ऋषिदेवहरूसम्म अझै यस्ता कार्यक्रम पुग्न सकेका छैनन्। दुवै सन्तान घरमै जन्माएकी र आफ्नै कमाइअनुसारको पोषण खाए–खुवाएकी उनलाई स्वास्थ्य सेवाका कार्यक्रमबारे जानकारी नै छैन।

सानै उमेरमा बिहे गर्ने बाध्यताले बग्रेल्ती छोराछोरी

भूमिहीन र गरिबीले ऋषिदेव समुदायका बालबालिका शिक्षाको प्रभावबाट अझै धेरै टाढा छन्। स्कुल भर्ना भए पनि धेरै प्राथमिक शिक्षा पूरा नगरी बीचैमा विद्यालय छाड्न बाध्य हुन्छन्। गरिबी, अशिक्षा, रुढीवादी संस्कारले ग्रस्त ऋषिदेव समुदायका बालिका पढ्ने–खेल्ने उमेरमै बिहे गरेर आमा बन्न बाध्य हुन्छन्। सानै उमेरमा बिहे गर्ने बाध्यताले वास्तविक बिहे गर्ने उमेर पुग्न लाग्दा बग्रेल्ती सन्तानका आमा बनिसक्छन्। 

बिहे गर्ने उमेर नपुग्दै दुई सन्तानकी आमा बनिसकेकी सरिताले आफूलाई बाबुआमाले ११ वर्षमै बिहे गरिदिएको बताइन्। उनका अनुसार ऋषिदेव समुदायमा किशोरी उमेरमै बिहे गर्ने चलन छ। सुरक्षित वासको अभाव, आर्थिक विपन्नतालगायत विभिन्न कारणले ऋषिदेव समुदायका अभिभावक छोरीलाई माइतीमा धेरै समय राख्न चाहँदैनन्।

लक्षित वर्गमा पुग्दैनन् राज्यका कार्यक्रम

सानो उमेरमा बिहे गर्दा महिलामा पाठेघरको समस्या देखिने, शरीर कमजोर हुने, कुपोषणले ग्रस्त हुन्छ। तर, दलितभित्रका सीमान्तकृतमा गनिएका मुसहर र मरिक समुदायमा अझै सानै उमेरमा विवाह गरेर बच्चा जन्माउने चलन कायमै रहेकाले असुरक्षित विवाह रोकिन नसकेको जनस्वास्थ्य अधिकृतहरू बताउँछन्। ‘सेवा र सचेतना कार्यक्रम साँच्चै लक्षित वर्गमा पुगेकै छैनन् भन्ने उदाहरण सरिता ऋषिदेवहरू हुन्, यसैले अब राज्य संवेदनशील हुन आवश्यक छ,’ अधिकारकर्मी मञ्जिता उपाध्यायले भनिन्। -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी