2026-09-13 08:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘सूचना माग र पुनरावेदन’ गर्ने प्रणाली सञ्चालनमा

2025-07-17

काठमाडौँ | राष्ट्रिय सूचना आयोगले नागरिकको सूचनाको हकसम्बन्धी व्यवस्थाको कार्यान्वयनमा सहजीकरण गर्न आजदेखि ‘आरटिआई म्यानेजमेन्ट सिस्टम’ सञ्चालनमा ल्याएको छ । आयोगमा आज आयोजित कार्यक्रममा प्रमुख सूचना आयुक्त डा सुरेशप्रसाद आचार्यले सो प्रणालीको प्रारम्भिक चरणको शुभारम्भ गर्नुभयो ।

पहिलो चरणमा सङ्घीय मन्त्रालय, संवैधानिक तथा केन्द्रीय आयोग, विभाग वा विभागस्तर कार्यालयसमेतका सूचनालाई सो अनलाइन प्रणालीबाटै माग गर्न सकिने व्यवस्था गरिएको छ । माग गरेको सूचना उपलब्ध नगराएमा पुनरावेदनसमेत गर्न सकिने व्यवस्था सो प्रणालीमा राखिएको छ ।

उक्त प्रणालीलाई तीनै तहका सरकार, सार्वजनिक निकाय र देशव्यापीरुपमा क्रमशः लागू गर्ने योजना रहेको प्रमुख आयुक्त आचार्यले जानकारी दिनुभयो । “अब सूचना माग कर्ताले सम्बन्धित निकायमा इमेल गरिराख्नुपर्दैन”, उहाँले भन्नुभयो, “यही प्रणालीमार्फत सार्वजनिक निकायबाट सूचना माग गर्न सकिनेछ ।”

सो प्रणालीको कार्यान्वयनबाट सूचना माग र प्राप्तिमा सहजीकरण हुनेछ । सूचना माग गर्ने र नपाएमा पुनरावेदनका लागि अपिल गर्न सकिने छ । आयोगले सो प्रणालीबाट सूचना माग गर्ने, सूचना उपलब्ध नगराएमा पुनरावेदन गर्नेलगायत विषयमा सूचनाका हकका अभियान्ताहरुलाई जानकारीसमेत गराइसकेको छ ।

आर्थिक वर्ष २०८१÷०८२ मा कुल एक हजार ५३ वटा मुद्दा दर्ता भएकामा आयोगबाट जवाफ दिन नपर्नाको कारण भए जवाफ पेस गर्न ९५८ वटा आदेश भएको सूचना आयुक्त एवं प्रवक्ता गगन विष्टले जानकारी दिनुभयो । पुनरावदेकलाई सात दिनभित्र जवाफ दिन ४५३ वटा आदेश भएको र ७०९ वटा मुद्दा फछर्योट गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले