१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

स्याङ्जामा सत्ताइस मेट्रिक टन मह उत्पादन

२८ भाद्र २०७४, बुधबार ०८:३६

भदौ २८, स्याङ्जा। आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । 

जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी तिलक डिसीकाअनुसार हरेक वर्ष मौरीका घार (गोलासहित) वितरण र मौरीपालन सम्बन्धी तालीम दिएका कारण कृषक मौरीपालनतर्फ आकर्षित भएका हुन् । 

कार्यालयले युवा लक्षित मौरीपालन कार्यक्रम सञ्चालन गर्न रु एक लाख ८० हजार अनुदान दिएसँगै मौरीपालन गर्ने कृषकको संख्यामा वृद्धि भएको हो । कार्यालयले गत आवमा तीन सय आधुनिक घार तथा ५० वटा मौरीसहितका घार वितरण गरेका सूचना अधिकारी डिसीले बताउनुभयो । अहिले जिल्लाका विभिन्न स्थानमा चार हजार पाँच सय आधुनिक घार तथा करिब एक हजार मुढे घारमा मह उत्पादन हुँदै आएको छ । 

उत्पादन भएको कूल २७ मेट्रिक टन महमध्ये २२ मेट्रिक टन आधुनिक घारबाट र पाँच मेट्रिक टन मुढे घारबाट उत्पादन भएको हो । बीस मेट्रिक टन मह बिक्रीबाट रु दुई करोड आम्दानी भएको डिसीले बताउनुभयो । जिल्लाका किसानले सेरेना जातको मौरीपालनलाई व्यावसायिक रुपमा अगाडि बढाएका छन् । यहाँ उत्पादित मह पोखरा, बुटवल, भैरहवा, काठमाडौँमा बिक्री हुने गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह