१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजेशलाई राजनीतिमा आउन चौधरीको आग्रह

१५ श्रावण २०८२, बुधबार १५:२७

काठमाडौँ | कमैलाई थाहा छ, रेशम चौधरी र राजेशपायल राई धेरै पुराना मित्र हुन् । यी दुईले काठमाडौंमा सँगै पढे र संघर्ष गरे | केही दिनअघि यी दुईजनाबीच भण्डै दुई दशकपछि भेट भयो । राजेशपायल राईले रेशमलाई आफ्नो स्टुडियोमा बोलाएका थिए । त्यहाँ यी दुईजनाले मिडियासँग भलाकुसारी पनि गरे ।

 

त्यतिबेला यी दुईले पुराना दिनहरू सम्झिए । आफू काठमाडौंमा आउनुभन्दा अघिदेखि नै राजेशपायल निकै हिट कलाकार रहेको र उनी क्याम्पसको विद्यार्थी राजनीतिमा पनि सक्रिय रहेको रेशले सम्झिए । चौधरी यतिबेला नागरिक उन्मुक्ति पार्टीका संरक्षक छन् । रेशम र राजेशपायलको पछिल्लो भेट रोचक रह्यो । यो भेटमा रेशमले राजेशपायललाई राजनीतिमा आउन आग्रह गरे ।

 

त्यतिमात्र होइन, गायक राईलाई सांसद बनाउनेदेखि उस्तै परे मन्त्री समेत बनाउने बताए । रेशमको यो आग्रहलाई राजेशपायलले ठटटको रुपमा लिए । प्रतिक्रियामा हाँसीमात्र रहे । यी भिडियो सामाजिक संजालमा आएपछि राईका फ्यानले उनलाई राजनीतिमा आउन सल्लाह दिइरहेका छन् । कतिपयले आउन नहुने बताउँदै राजनीतिमा आएमा करिअर सकिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ