भदौ ३०, गुल्मी | गुल्मीको एक मात्र  रेसुङ्गा टेलिभिजनको दोश्रो वार्षिकत्सवको अन्तिम तयारी पुरा भएको छ । भोली भदौ ३१ गते तम्घासको चिदीचौरमा विविध सांस्कृतिक  क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, गुल्मी | गुल्मीको एक मात्र  रेसुङ्गा टेलिभिजनको दोश्रो वार्षिकत्सवको अन्तिम तयारी पुरा भएको छ । भोली भदौ ३१ गते तम्घासको चिदीचौरमा विविध सांस्कृतिक  क"/>
२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

रेसुङ्गा टेलिभिजनको वार्षिकोत्सवको अन्तिम तयारी पुरा

२०७४, ३० भाद्र शुक्रबार ०४:००

भदौ ३०, गुल्मी | गुल्मीको एक मात्र  रेसुङ्गा टेलिभिजनको दोश्रो वार्षिकत्सवको अन्तिम तयारी पुरा भएको छ । भोली भदौ ३१ गते तम्घासको चिदीचौरमा विविध सांस्कृतिक  कार्यक्रम सहित भव्य रुपमा सम्पन्न हुन गईरहेको वार्षिकोत्सवको नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

आज साँझ नै अध्यक्ष आचार्य सहितका विशेष अतिथीहरु तम्घास आई पुग्ने र टेलिभिजन परिवारले गुल्मीको ऐतिहाँसिक एवं धार्मिक स्थान रेसुङ्गाको महादेव पोखरीमा स्वागत कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम भोली दिउँसो दिनको साढे १२ वजे देखि सांङ्गेतिक मनोरञ्जनका साथ सुरु हुने भएको छ । कार्यक्रममा लोक गायक राजन कार्की , हास्य कलाकार गोकुल कंडेल, मोडल एवं नायिका तुल्सी सापकोटा, गायिका शिलु भट्टराई, तुल्सीङ्ग रनपछाई, महेन्द्र भण्डारी, गणेश अधिकारी, अर्जुन कुँवर र  यमुना अर्याल र अन्य स्थानिय कलाकारहरुको वेजोड प्रस्तुती रहने भएको छ  ।

वार्षिकोत्सव कार्यक्रमको रेसुङ्गा टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने छ । कार्यक्रमको होलायन्ड टेक्टर सप्लार्यस मुख्य प्रायोजक रहेको छ । त्यस्तै अन्य  प्रायोजकहरुमा लाली चाउँचाउ, गुल्मी उद्योग वाणिज्य संघ, कोरियन रेष्टुरेण्ट सुख्खा नगर बुटवल, श्रेष्ठ टेलरिङ्ग वुटवल लगायत रहेको रेसुङ्गा टेलिभिजनका समाचार प्रमुख प्रेम सुनारले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै