३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एउटै वडा जैसीथोकमा मात्रै एक करोड बढि वजेट

१ आश्विन २०७४, आईतवार १५:४२

प्रेम सुनार | (प्रेस संयोजक) धुर्कोट गाउँपालिका ।  गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्वर ४ साविकको जैसीथोक गाविसमा यस वर्ष झण्डै एक करोड विकास वजेट विनियोजित भए पछि त्यहाँको विकास कार्यले ह्वात्तै फड्को मारेको छ । 

अघिल्लो आर्थिक वर्षमा जम्मा करिव ३० लाख वजेट पर्ने गरेको थियो तर स्थानिय तहको  निर्वाचन सकिए लगत्तै प्रचण्ड नेतृत्वको सरकारको पाला देखि एउटै वडामा यति ठुलो रकम विनियोजित भएको त्यसका वडाध्यक्ष मानबहादुर कुँवरले बताए । 

कुँवरका अनुसार यस अर्थिक वर्षमा त्यस वडाका विभिन्न विकास निर्माणमा कुल १ करोड १९ लाख रमम विनियोजित भएको छ । धुर्कोट गाउँपालिकाको गाउँ सभाले पहिलो प्राथामिकता गरिवी निवारणलाई दिएको छ । 

जस अन्तर्गत विपन्न परिवारलाई आय आर्जनमुलक कार्यक्रमका लागि सिलाई कटाई थथा आईरन तालिमका लागि १ लाख ५० हजार  विनियोजन गरिएको छ । बर्षौंदेखि जिर्ण रहेको छामथुम सिंचाई योजनाको मर्मत सम्भारका लागि ४ लाख रकम परेको छ । 

भुवान प्रतिक्षालय तथा थाम मन्दिर संरक्षणका लागि  दुई लाख, विष्णुदेवि मन्दिर खाला पँधेरा  संरक्षणका लागि २ लाख, ठाडुा मैदान गरा सिमलपाटा कुलो मर्मतका लागि १ लाख ५० हजार विनियोजन गरिएको छ । कुमारीदेवि मन्दिर क्षेत्र व्यवस्थापन तथा पार्क निर्माणका लागि १५ लाख रुपैयाँ परेको छ ।

जैसीथोक कालापोखरा खेल मैदान निर्माणका लागि ५ लाख , गोलपोखरी लाँकुरीपाटा अर्चलपोखरा मोटरबाटाका लागि १ लाख ५० हजार , लाहँटा कल्लाटा गोलपोखरी र ठुल्दी रातापोखरा काला पोखरा घोडेटो बाटो मर्मतका लागि १ लाख रुपैयाँ विनियोजन भएको छ ।

गोपे चिलिखोला विरौटा रौताडी गोरेटोबाटो मर्मतका लागि  १ लाख , भुवानी गौरावारी पिपलनेटा मोटरबाटो मर्मतका लागि ४ लाख , गोपे चिलीखोला रौताडी मोटरबाटो निर्माणका लागि ४ लाख , गोपे छिलिम्पे मोटरबाटो निर्माणका लागि ५ लाख रकम परेको छ । 

घुम्टी मानडाँडा वरबोट मोटरबाटो निर्माणका लागि ४ लाख , हिमचुली महिला समुहको भवन मर्मतका लागि १ लाख , कुमारीदेवि मन्दिर तथा सामुदायिक भवन मर्मतका लागि १ लाख ५० , जैसीगाडे लि  टी सिस्टम खानेपानी योजना पनि यसै आर्थिक वर्षबाट  १० लाख रकम विनियोजन गरेर सुरु गरिएको छ ।

हुलाको भुवना नयाँगाउँ सुन्दर पोखरा मोटरबाटो मर्मतका लागि ६ लाख पारिएको वडाध्यक्ष कुँवरले बताए । त्यस्तै नयाँगाउँ ठुल्दी राता पोखरा वोरबोट जोड्ने कार्य पनि यसै वर्षबाट सुरु गरिए पछि हिडेर तिन घण्टाको वाडो हिड्नु पर्ने ति दुवै वडाका जनता लाभान्वित हुने भएका छन् ।

त्यसका लागि १५ लाख पारिएको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले जानकारी दिए । उनका अनुसार वर्षायाममा विग्रिएको सडक ममर्तका लागि प्रत्येक वडामा तिन लाखका दरले २१ लाख रुपैयाँ विनियोजन गरेर सडक सुचारु गर्ने काम पनि भई रहेको छ । 

त्यस गाउँपालिकाकी प्रवत्ता कविता बिकका अनुसार धनमुढा नादी वरवोट सडकका लागि पनि १५ लाख रुपैयाँ परेको छ । वरवोट ईन्दिरा मावि दुवानेटा थेप्चे मोटरबाट निर्माणका लागि ८ लाख रुपैयाँ परेको छ । धुर्कोट गाउँपालिकामा यस आर्थिक वर्षमा कुल २७ करोड ६२ लाख रुपैयाँ विनियोजन भएको गाउँपालिका प्रमुख पोखरेलले जानकारी दिए ।

दुई वर्ष भित्र खरको छाना रहित घर  निर्माण गर्ने चुनावी घोषण पत्रलाई सकार पार्न यस आर्थिक वर्ष १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको गाउँ पालिका उपप्रमुख शिवबहादुर खत्रीले जानकारी दिए ।  धुर्कोट  गाउँपालिका भित्र करिव ५ सय घरधुरी खरका छाना रहेको छन् । 

ति मध्ये अधिकांस दलित र जनजाती समुदायका रहेका छन् । साविकका वाग्ला अहिलेको वडा  नम्वर ६ का दलित वस्तीले अव छि टै मुहार फेर्ने वडाध्यक्ष भिमप्रसाद पन्थी बताउँ छन् । धुर्कोट रजस्थलको दलित वस्तीमा पनि उस्तै अवस्था रहेको र त्यहाँ दलितहरु गाउँपालिकाको यो अभियानले हर्षित बनेको वडाध्यक्ष कृष्णबहादुर नेपालीले बताए । धुर्कोटको ईतिहाँसमा  दलित समुदायबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधी हुने नेपाली पहिलो ब्यक्ति हुन् । धुर्कोट वडा नम्वर २ साविकको पिपलधारामा भने दलित समुदाय भन्दा बढि जनजाती विपन्न रहेको र पछाडी परेका सवै जातजातीको उत्थानका लागि विभिन्न कार्यक्रमहरु वडामा पारिएको वडाध्यक्ष नविन जिसीले बताए । 

वडा नम्वर १ कमल थापाले पनि एक करोडकै हाराहारीमा यस वर्ष रकम विनियोजन भएको र यहि क्रमले निरन्तरता पाए आगमी ५ वर्ष भित्रमा विकासले ठुलो फड्को  मार्ने बताए । वडा नम्वर ३  हाडहाडेका वडाध्यक्ष विष्णुबहादुर श्रीस्ले बताए । 

वडा नम्वर ५ वस्तुका अध्यक्ष ढुण्डीराज भण्डारीले  विभिन्न विकास निर्माणको गतिविधीका विषयमा आज उपभोक्ताहरुको भेला आयोजना गरिएको जानकारी दिए ।  उनले अव वर्षऔं देखि जनताले चाहेर पनि गर्न नसकिएका विकास निर्माणहरु सुरु गर्न लागिएको बताए । 

आज देखि मदिरा बेच्न बन्देज 

केहि दिन अघि मदिरा नियन्त्रणका लागि निश्चित मादण्डको निर्णय गरेको धुर्कोटगाउँपालिमा आज देखि तोकेको समय वाहेक अन्य समयमा मदिरा बेच्न बन्देज गरिएको छ । गर्मीयाममा साँझ ६ देखि ८ वजे सम्म मात्रै मदिरा बेच्न पाईने र जाडोयाममा साँझ ५ देखि ७ वजे वेच्न पाईने छ  । अन्य समयमा बेचेको पाईएमा जरीवाना संगै त्यस्ता पसल समेत बन्दा गरिने कडा निर्णय भएको त्यस गाउँपालिकाकी प्रवत्ता कविता बिकले जानकारी दिईन् ।

वडा नम्वर ४ जैसथोकमा मात्रै यस्तो निर्णय गरे लगत्तै मदिर बेच्ने अनुमति लिनेहरुको सख्या बढेको त्यहाँका वडा सचिव विनोदप्रसाद पोखरेलले बताए । अहिले सम्म करिव १० वडा पसलहरुले लाईसेन्स लिई सकेको बताउँदै  पोखरेलले यसबाट राजश्वमा समेत बृद्धि हुने र विकृति विसंगतिमा समेत कमी आउने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन