2026-06-24 12:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सन्दीप बलिङमा चम्किंदा कतारमाथि नेपालको रोमाञ्चक जित, विश्वकप नजिक

काठमाडौँ । सन्दीप लामिछाने एक्लैले ५ विकेट लिएपछि नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमा अलआउट भयो । कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन बनाए । त्यस्तै जुबेर अलीले ५२ रन बनाए । अन्य ब्याटरबाट उल्लेख्य योगदान हुन नसक्दा पराजित हुन पुग्यो । खेलको अन्तिम ओभरमा सन्दिप लामिछानेले रोमाञ्चक पर्दर्शन गरे ।

खेलमा नेपालले जित निकाल्ने क्रममा सन्दीप लामिछाने मार्फत ५ विकेट, नन्दन यादव मार्फत २ र दीपेन्द्रसिंह ऐरी मार्फत १ विकेट लिए ।

खेलमा पहिले ब्याटिङ गरेको नेपालको लागि कप्तान रोहित पौडेलले ४१ बलमा ५८ रन बनाएर नेपाललाई १४७ रनको लक्ष्य दिएको थियो । खेलमा दीपेन्द्रसिंह ऐरीले २१ बलमा २६ रन बनाए । गुल्शन झाले आजपनि ८ बलमा १६ रनको पारी खेले । कतारका लागि कप्तान मिर्जा बेगले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । डानियल लुइसले पनि ३ विकेट लिए । मुहम्मद असिमले १ विकेट लिए ।

सुरुवातदेखिनै सहज जितको अवस्थामा रहेको कतारविरुद्ध नेपालले सन्दिपको पहिलो विकेटसंगै क्रमश ले समात्यो । हारको स्थितिमै पुगिसकेको नेपालले क्रमश शानदार पुनरागमन गरेपछि जित निकाल्न सफल बन्यो । आजपनि दीपेन्द्रले एक सानदार रनआउट लिए र लगत्तै आदिलको एक रनआउटले खेल नेपालको पक्षमा ल्याएको थियो ।

यसअघि नेपालले सुपर सिक्समा आइतबार यूएईलाई हराएको थियो । आजको खेलमा कतारलाई पराजित गरेसंगै नेपालको विश्वकप यात्रा सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे