२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

विपन्नलाई घर बनाईदिने चन्द्र भण्डारीलाई गुल्मीमा स्वागत

२०७४, ८ आश्विन आईतवार १४:२४

प्रेम सुनार/असोज ८, गुल्मी । आईतबार पत्रकार सम्मेलन गरी गुल्मीका विभिन्न स्थानमा रहेका विपन्न वोटे माझी समूदायकालाई तिन सय वटा घर बनाई दिने घोषणको सर्वत्र स्वागत गरिएको छ । 

सदमुकाम तम्घासमा पत्रकारहरुसँग दशैं तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा नेता भण्डारीले गुल्मी जिल्लाका विभिन्न स्थानमा रहेका भोटे माझी अल्पसंख्यक समुदायहरुको लागि दशैं तिहारको उपलक्ष्यमा घर बनाइदिने घोषणा गरेका हुन् ।

गुल्मी क्षेत्र नं. २ का सांसद समेत रहेका नेता भण्डारीले सीमान्तकृत विपन्न समुदायका कुमाल, दलित र बोटे माझी बस्तीहरुलाई ३०० घर निर्माण कार्य थालनी गरेको जानकारी दिए ।

बम्घा, चोरकाटे, हुँगा, रुपाकोट, बलिथुम, बामी टक्सार मुसिकोट लगायतका स्थानमा रहेका सीमान्तकृत विपन्न समुदाय अन्तर्गत कुमाल, दलित र बोटे माझीहरुको यो दशैको उपहार स्वरुप घर निर्माणको कार्य थालनी गरिएको नेता भण्डारीले बताए ।

कांग्रेस नेता भण्डारीले बम्घा र बलिथुममा रहेका सीमान्तकृत बस्तीहरुमा १५० घर निर्माणको कार्य तीव्र गतिमा भइरहेको र अब थप ३०० घर निर्माणको कार्य अगाडि बढेको बताए । भण्डारीले गत वर्ष जस्तै यसवर्षको बडादँशै बलिथुममा रहेका सीमान्तकृत बोटे माझी समुदायहरुसँग मनाउने समेत बताए । बोटे माझी समुदायहरुसँग दशैं मनाउँदै केहि विद्यार्थीहरुको लागि उपहार पनि प्रदान गर्ने बताए ।

स्मरण रहोस २०६४ को निर्वाचन पछि वोटेमाझी, कुमाल र गन्र्धव लगायतका सिमान्तकृत विपन्नहरुलाई जनता आवास कार्यक्रममा मार्फत घर बनाई दिने कार्यको सुरुवात भने पुर्व सभासद तथा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य सुदर्शन वरालले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो