ओली भावी प्रधानमन्त्रीको रुपमा चुनावी मैदानमा उत्रिने

साझासवाल
1 Min Read

असोज १७, काठमाडौँ | प्रमुख प्रतिपक्षी एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जाने रणनीति बनाएको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेको अगामी २५ र २६ गते बस्ने स्थायी समितिको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आगमी मंसिर १० र २१ गते एक साथ हुन गइरहेको प्रतिनिधिशभा र प्रदेशसभाको निर्वाचनको मुल मुद्दा ‘राष्ट्रवादी आन्दोलनका नायक’ केपी शर्मा ओली भावी प्रधानमन्त्री हुनेभन्दै चुनावी मुद्दा तय गर्ने भएको छ।

यही असोज २५ र २५ गते बसने एमालेले स्थायी समितिले बैठकले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा चुनावी मैदानमा उतार्ने निर्णय गर्ने भएको छ ।

एमाले सचिव प्रदीप ज्ञवालीले अध्यक्ष ओलीलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरी निर्वाचनमा जाने रणनीतिमा आफ्नो पार्टी रहेको जानकारी दिए ।

आगामी २५ र २६ गते बस्ने स्थायी समिति बैठकले यसबारे निर्ण गर्छ, सचिव ज्ञवालीले भने । – अन्नपुर्ण पोष्ट

Share This Article
Leave a Comment

Leave a Reply