६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी परे देवनारायण भारतीय जेलमा

१८ आश्विन २०७४, बुधबार ०३:१४

असोज १८, काठमाडौँ । अपहरण आरोपमा सप्तरी तिलाठीका देवनारायण यादव र उनका छोरा अजयकुमार तीन दिनदेखि भारतीय कारागारमा छन् । 

भारतीय प्रहरीले दुवैमाथि कुनौलीकी युवती ज्योतिकुमारी साह अपहरण गरेको मुद्दा लगाएको छ । सुपौल जिल्लास्थित अनुमण्डल व्यवहार न्यायालय वीरपुर अदालतमा मंगलबार दुवैको रिहाइका लागि कानुनी कारबाही प्रक्रिया अगाडि बढ्ने बताइएको थियो । तर, अदालतमा कर्मचारी अभाव देखाएर प्रक्रिया रोकिएको छ ।

आफ्नो अपहरणको आरोपमा भारतीय प्रहरीले पति र ससुरालाई पक्राउ गरी कारागारमा राखेपछि ज्योतिकुमारी बयान दिन मंगलबार वीरपुरस्थित अदालत पुगेकी थिइन् । उनले बुधबार अदालतमा बयान दिने भएकी छिन् । भारतीय प्रहरीले शनिबार साँझ अजयकुमारलाई र आइतबार देवनारायणलाई पक्राउ गरेको थियो । तीन दिनदेखि सुपौल जिल्लाको वीरपुर कारागारमा रहे पनि उनीहरूको रिहाइका लागि नेपाल सरकारले कुनै ठोस कदम चाल्न सकेको छैन ।

स्थानीय प्रशासनको ढिलाइले देवनारायणको रिहाइ अन्योल

यादव बाबुछोराको रिहाइका लागि पहल गर्न सोमबारै गृहमन्त्री जनार्दन शर्माले सप्तरीका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेलाई निर्देशन दिएका थिए । पाण्डे सम्मिलित जिल्ला सुरक्षा प्रमुखहरूको टोलीले मंगलबारबाट मात्र घटनाबारे भारतको सुपौल जिल्लास्थित कुनौली थानासँग औपचारिक जानकारी लिएको छ ।


टोली मंगलबारै बिहान तिलाठी गाउँपालिकास्थित देवनारायणको घरमा पुगेर घटनाबारे जानकारी लिएको छ । प्रजिअ भगीरथ पाण्डे, नेपाल प्रहरीका उपरीक्षक मुकेशकुमार सिंह र सशस्त्र प्रहरी उपरीक्षक रामआधार यादवसहितको टोलीले अपहरण भएको भनिएकी ज्योतिकुमारी साहसँग बयान लिएको थियो । ज्योतिले आफ्नो अपहरण नभई अजयसँग विवाह गरेको बताएकी थिइन् । ‘मैले राजीखुसी अजयसँग विवाह गरेकी हुँ । अहिलेको घटनाक्रम षड्यन्त्रमूलक छ,’ उनको भनाइ थियो । ज्योतिले अजयसँग भागेर विवाह गरेकी हुन् ।

के हो एक वर्षअघिको घटना

एक वर्षअघि भारतीयहरूले खाँडो नदीमा बाँध बाँधेपछि नेपालतर्फको तिलाठी, सकरपुरा, रम्पुरा मल्हनियासहितका गाविस डुबानमा परेका थिए । सो बाँध भारतीय प्रहरी, सीमा सुरक्षा बल (एसएसबी) र कुनौलीका स्थानीयले नेपाली भूमि मिचेर बनाएका थिए । आधा दर्जनभन्दा बढी गाविस डुबानमा परेपछि हजारौँ नेपाली नागरिक विस्थापित हुने अवस्था सिर्जना भएको थियो । सोही वेला देवनारायण यादवकै नेतृत्वमा नेपालीहरूले बाँध भत्काइदिएका थिए । बाँध भत्काउने क्रममा भारतीय र नेपालीबीच दोहोरो झडपसमेत भएको थियो । झडपमा भारतीयसहित आठ नेपाली घाइते भएका थिए । झडपमा यादव पनि गम्भीर घाइते भएका थिए । उनको टाउकोमा आठ टाँका लागेको थियो।

उनलाई ‘राष्ट्रिय स्वाभिमानका लागि युवा अभियान’ नेपाल नामक संस्थाले काठमाडौं ल्याएर सम्मानसमेत गरेको थियो । भारतीय अतिक्रमणविरुद्धको योद्धाका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चित यादव त्यही घटनाबाट भारतीय प्रशासनको तारो बनेका थिए । भारतीय प्रहरीले घटनाको प्रमुख दोषीको रूपमा यादवलाई राखेर प्रतिशोध राखेको थियो । उनलाई त्यही एक वर्षअघिको मुद्दामा फसाइएको स्थानीयको दाबी छ ।

को हुन् देवनारायण

०१५ मा तिलाठीमा जन्मिएका देवनारायण ०२८ देखि राजनीति र समाजसेवामा सक्रिय छन् । ०४८ को स्थानीय निर्वाचनमा उनले स्वतन्त्र रूपमा वडा सदस्य जितेका थिए । यसपछि लामो समय कांग्रेस राजनीति गरे । सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल सप्तरीका अध्यक्ष भएपछि सीमावर्ती क्षेत्रका समस्यासँग नजिक भए ।

भारतीयहरूले सीमा क्षेत्रमा नेपालीलाई गर्ने हेपाहा व्यवहारविरुद्ध उनी निरन्तर लड्दै आएका थिए । उनी गत वर्ष १३ साउनको घटनापछि धेरै चर्चामा आएका हुन् । त्यही घटनाबाट चर्चामा आएका यादवलाई सरकारले जनसेवाश्रीबाट सम्मान गरेको थियो । यादवले ‘सीमा रक्षक’को रूपमा प्रसिद्धि कमाएका छन् ।

ज्योतिको उमेर १८ वर्ष

अपहरणमा परेकी भनिएकी ज्योतिकुमारी १८ वर्ष पुगेको पाइएको छ । उजुरीमा भने उनलाई नाबालक भनिएको छ । भारतमै बनेको आधारपत्रमा ज्योतिको जन्म सन् १९९९(०२(०१ लेखिएको छ । सो आधारपत्रका आधारमा उनको उमेर १८ वर्ष पुगेको देखिन्छ । ज्योतिकुमारीका दाजु सञ्जितकुमारले भारतको कुनौली थानामा दिएको उजुरीमा नाबालिका बहिनीलाई सप्तरीको तिलाठीनिवासी अजयकुमार यादव, उनका बाबु देवनारायण यादवसहित चारजनाले अपहरण गरेको आरोप लगाएका छन् । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति