Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

मलागिरीमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार/असोज २१, गुल्मी । गुल्मीको मलागिरी गाउँमा त्यहाँको एक युवा क्लवले आज बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

मदाने गाउँपालिका वडा नम्वर ५ साविकको मलागिरी गाविसमा खोप्चामा  लामो समय देखि क्रियाशिल सुर्योदय खड्ग मालिका युवा क्लवले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

आज विहान ८ वजे देखि  सुरु भएको स्वास्थ्य शिविरमा मदाने गाउँपालिका, छिमेकी जिल्ला प्युठान झिमरुक गाउँपालिका र अर्को छिमेकी जिल्ला अर्घाखाँची सम्मका झण्डै ३ सय जनाले निशुल्क स्वास्थ्य परिक्षण औषधी उपचार गराएका छन् ।

निशुल्क स्वास्थ्य सेवा दिन भिम अस्पताल भैरहबाका वरिष्ठ डाक्टर रुपक श्रेष्ठ, सोही अस्पतालका वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रेश्मा क्षेत्री, मिलिजुली फार्मेसी अस्पताललाईन वुटवल सटर नम्वर ४१ का प्रोपराईटर यज्ञप्रसाद पाण्डे  र त्यसका सञ्चालक सुदर्शन खनालको सक्रियता रहेको थियो ।

मलागिरीका ७८ वर्षिय बृद्ध टिकाबहादु।र खड्काबाट सुरु भएको स्वास्थ्य परिक्षण शिविरमा बढि मात्रमा गरिव विपन्न वर्ग समुदायको सहभागिता देखिन्थ्यो ।

हिजो देखि ‘युवा जागरण सहित सामाजिक हितमा अग्रसरता, स्वास्थ जिवन हाम्रो प्रतिवद्धता’ भन्ने मुल नाराका साथ सुरु भएको वार्षिकोत्सव कार्यक्रमको पहिलो दिन साविकको वडा स्तरिय भलिवल प्रतियोगिता, आज दोश्रो दिन निशुल्क स्वास्थ्य शिविर र भोली तेश्रो दिन त्यसै खेलको फाईनलसहित विभिन्न कार्यक्रमका विच समापन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् । कार्यक्रमा क्लवका अध्यक्ष दिनेश खड्काको अध्यक्षता र सचिव दिपक खड्काको सञ्चालन रहेको छ ।