पढ्न करिब 2 मिनेट लाग्छ

माधव बेल्वासे/असोज २२, चन्द्रौटा । कपिलवस्तुको वुद्धभमी नगरपालिका मानपुरमा ‘सुनौला हजार दिन’ सडक नाटक प्रदर्शन गरिएको छ ।

सुनौला हजार दिनको महत्व र त्यो अवधिमा गर्नुपर्ने कामका बारेमा जानकारी दिन सडक नाटक देखाइएको हो । नाटकमा सुनौला हजार दिनभित्र महिलालाई कार्यबोझ घटाउने र खाजपान लगाएत स्याहारसुसार गर्ने वारे सन्देश दिइएको थियो ।

हजार दिनमा त्यो अवधिमा आमा र बच्चाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै खानपिनमा सुधार ल्याउनुपर्ने कुनै तयारी खाना खुवाउन नहुने सन्देश समेटिएको थियो ।

कुनै पनि आमा र बच्चाले लगाउनु पर्ने खोपबाट बञ्चित हुन नहुने, गर्भवती अवस्थादेखि ९ महिनासम्म चारपटक चेकजाँच गर्नुपर्ने अवस्थालाई चित्रण गरिएको सडक नाटक प्रदशन गरिएको हो ।, नाटकमा देखिएका सन्देश ग्रहण गर्न सके सुनौला हजार दिनको संचार अभियान साकार भएर जाने सुनौला हजार दिनका जिल्ला संयोजक राजन पुडासैनिले वताए ।

पोषणयुक्त खाना खाएको खण्डमा आमा र बच्चाको दिमाग तेज हुनुका साथै आमा र बच्चाको रोगसँग लड्ने प्रतिरक्षात्मक प्रणालीको विकास राम्रोसँग हुने सन्देश दिइएको थियो ।

वच्चा जन्मेको दुई वर्षको अवधिमा ८० प्रतिशत दिमाग वृद्धि हुने भएको हुदा यस अवधिमा विशेष ध्यान दिनुपर्ने सन्देस दिइएको थियो । स्थानिय वासिन्दा हरुलाई हजार दिनका आमा र वच्चाका स्याहारसुसार, खानपिन, स्वास्थ्य चेकजाच लगाएतलाई समेटेर सडक नाटक प्रर्दशन गरिएको थियो ।