By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    4 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    5 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    10 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    10 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: निर्वाचन सार्ने प्रस्ताव लिएर मन्त्री शीतलनिवास पुगेपछि…
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > निर्वाचन सार्ने प्रस्ताव लिएर मन्त्री शीतलनिवास पुगेपछि…
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

निर्वाचन सार्ने प्रस्ताव लिएर मन्त्री शीतलनिवास पुगेपछि…

साझासवाल
Last updated: October 10, 2017 2:42 am
साझासवाल
3 Min Read
Share

असोज २४, काठमाडौँ । सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २१ मंसिरमा एकै चरणमा गर्ने अनौपचारिक प्रस्ताव गरेको छ । 

Contents
  • सहमतिविना सार्ने काम गलत : राष्ट्रपति
  • यस्तो छ राष्ट्रपतिसमक्ष अर्थमन्त्रीको प्रस्ताव (ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्री)
  • चुनाव सार्ने छलफल भएको छैन (यज्ञबहादुर थापा, कानुनमन्त्री)

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत त्यस्तो प्रस्ताव गरेका हुन् । तर, राष्ट्रपति भण्डारीले निर्वाचन सार्दा गलत सन्देश प्रवाहित हुने भन्दै सरकारलाई सचेत गराएकी छिन् ।

निर्वाचन एकै चरणमा गर्ने प्रधानमन्त्रीको सन्देश लिएर अर्थमन्त्री कार्की शनिबार बेलुका शीतलनिवास पुगेका थिए । ‘अहिले दलहरू आन्तरिक गठबन्धनमा लागेकाले उम्मेदवार चयनका लागि पनि समयको दबाब परेको अवस्था छ, त्यसकारण समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन कम्तीमा पाँच दिन सार्नुपर्नेजस्तो देखिन्छ,’ राष्ट्रपतिसमक्ष अर्थमन्त्रीले राखेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो, ‘यो अवस्थामा १० मंसिरका लागि तोकिएको पहिलो चरणको निर्वाचन स्थगित गरेर २१ गते एउटै चरणमा गर्दा कत्तिको उपयुक्त हुन्छ ?’

जवाफमा राष्ट्रपति भण्डारीले सबै दल र निर्वाचन आयोगको सहमतिविना सरकारले निर्वाचनको मिति सार्दा गलत सन्देश जाने बताएकी थिइन् । सरकारले हिमाली र उच्च पहाडी ३२ जिल्लामा पहिलो चरणमा १० मंसिर तथा अन्य पहाडी र तराईका जिल्लामा दोस्रो चरणमा २१ मंसिरमा निर्वाचन गर्ने घोषणा गरेको छ । तर, तयारीका लागि समय अभाव देखाउँदै प्रधानमन्त्री देउवाले अर्थमन्त्री कार्कीमार्फत एउटै चरणमा निर्वाचन गर्ने प्रस्ताव राष्ट्रपतिसम्म पु¥याएका हुन् ।

राष्ट्रपतिनिकट स्रोतले अर्थमन्त्री कार्कीले सरकारका तर्फबाट १० मंसिरको निर्वाचन सार्ने सन्देश आए पनि परिपक्व ढंगबाट प्रस्तुत नभएको जनाएको छ । ‘उहाँले कुरा राख्नुभएकै हो, तर सरकार प्रमुखको हैसियतमा प्रधानमन्त्रीको धारणा नआएका कारण त्यसलाई अहिले नै परिपक्व प्रस्ताव मानिहाल्न मिल्दैन,’ स्रोतले भन्यो । प्रधानमन्त्री देउवाका विश्वासपात्र मानिने अर्थमन्त्री कार्की राष्ट्रपति भण्डारीका पारिवारिक नातेदारसमेत हुन् ।

सहमतिविना सार्ने काम गलत : राष्ट्रपति

अर्थमन्त्री कार्कीले निर्वाचन सार्ने विषयमा सुझाब लिने प्रयास गरेपछि राष्ट्रपति भण्डारीले विनासहमति सरकारले एकतर्फी रूपमा मिति सार्दा गलत सन्देश जाने भन्दै सचेत गराएकी थिइन् । ‘निर्धारित मितिका लागि तोकिएको निर्वाचन सार्ने कुरा संवेदनशील हुन्छ, त्यसका लागि पहिले सरकारमा रहेका दल र विपक्षी दलहरूको पनि सहमति चाहिन्छ, निर्वाचन आयोगले पनि सहमति दिनुपर्छ,’ राष्ट्रपति भण्डारीको भनाइ थियो, ‘अहिलेको अवस्थामा एकतर्फी रूपमा चुनावको मिति सार्दा गलत सन्देश जान्छ ।’

यस्तो छ राष्ट्रपतिसमक्ष अर्थमन्त्रीको प्रस्ताव (ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्री)

अहिले दलहरू आन्तरिक गठबन्धनमा लागेकाले उम्मेदवार चयनका लागि पनि समयको दबाब छ । समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन कम्तीमा पाँच दिन सार्नुपर्नेजस्तो देखिन्छ । यो अवस्थामा १० मंसिरका लागि तोकिएको पहिलो चरणको निर्वाचन स्थगित गरेर २१ गते एउटै चरणमा गर्दा कत्तिको उपयुक्त हुन्छ ?

चुनाव सार्ने छलफल भएको छैन (यज्ञबहादुर थापा, कानुनमन्त्री)

कानुनमन्त्री यज्ञबहादुर थापाले भने निर्वाचनको मिति सार्ने विषयमा सरकारले अहिलेसम्म कुनै गृहकार्य नगरेको दाबी गरे । ‘सरकार चुनाव गराउने तयारीमै लागेको छ, मिति यताउति हुनेगरी सार्ने विषयमा अहिलेसम्म केही पनि छलफल भएको छैन, उनले भने, ‘चुनाव सर्दैन ।’ -नयाँ पत्रिका दैनिक 

Share This Article
Facebook Email Copy Link Print
Previous Article वाम तालमेल सकसः दाङ क्षेत्र नम्बर २ मा पोखरेल कि महरा ?
Next Article चुनावलाई ९८ हजार म्यादी प्रहरी भर्ना गरिने, तलब र सुबिधा पनि तोकियो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीति

मन्त्रिपरिषद् बैठक सुरु

7 months ago
काठमाडौँ - KTMगुल्मी - GLMशिक्षा

जुन सरले छोरी जस्तै भनेर बोलाए, खेलौना जस्तै बनाए

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

यस्ता छन् सीमांकनमा प्रधानमन्त्री प्रचण्डका तीन विकल्प

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

गृहमन्त्री लेखकले अनुसन्धानको काम शसस्त्र प्रहरीको नभएको बताए

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?