६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकपछि अर्को ‘हाइप्रोफाइल’ हत्या, असुरक्षित बन्दै काठमाडौं

२५ आश्विन २०७४, बुधबार ०२:१२

असोज २५, काठमाडौँ । मिडिया उद्यमी जमिम शाहलाई लाजिम्पाटमा गोली हानी हत्या गर्दा काठमाडौंको सुरक्षा व्यवस्थामाथि ठूलै चुनौती थपियो । अनुसन्धान गर्दै जाँदा भारतीय अन्डरवल्र्ड अपराधीको संलग्नता खुलेपछि प्रहरी झन् आत्तियो ।

नेपालले सहजै भारतलाई अपराधी बुझाउँदै आए पनि नेपाली पक्षले भारतसँग नाम खुलेका अभियुक्त बुझाइदिन आँट गर्न सकेन । व्यस्त सडकमा शाहलाई गोली प्रहार गरी मोटरसाइकलमा भागेका दुई अभियुक्त पक्राउ गर्न नेपाल प्रहरी निरीह बन्यो । नेपाल प्रहरीकै बहालवाला र पूर्वप्रहरी अधिकृतको मिलेमतोमा ०६४ माघ २४ मा शाहको हत्या सम्भव बनेको तत्कालीन समयमा प्रहरी अनुसन्धानबाटै खुल्यो ।

०६७ फागुन २६ मा केन्द्रीय कारागार सुन्धारामा रहेका युनुस अन्सारीमाथि हत्या प्रयास भयो । भारतीय नागरिक मनमित सिंह भाटियाले प्रहरीकै मिलेमतोमा हतियार लुकाएर लैजान सम्भव भएका थिए । 

नक्कली भारतीय नोटको तस्करीमा अन्सारीको मिलेमतो रहेको भन्दै उनको ‘सफाया’ गर्न भाटियालाई पैसा दिएर अन्डरवल्र्ड समूहले नेपाल पठाएको थियो । भाटियाले बयानमा अझै केही नेपाली निशानामा रहेको उल्लेख गरेका थिए ।

शाहको हत्या गर्ने मुख्य अभियुक्त पक्राउ नपरे पनि अन्सारीको हत्या प्रयास गर्ने अभियुक्तलाई घटनास्थलमै पक्राउ गर्दा प्रहरी दंग पर्यो । सुरक्षा घेरामा रहेको कारागारभित्र हत्या प्रयासका अभियुक्त पक्राउ नगरेको भए प्रहरी झन् लज्जित मात्रै नभएर मुलुकको सुरक्षा संयन्त्र उदांगिन्थ्यो । शाहका समर्थक र सर्वसाधारणले उनको हत्या बिर्सिसकेको अवस्था र अन्सारी हत्या प्रयासका अभियुक्त पक्राउ परेपछि ढुक्कसँग बसेको प्रहरीमाथि अर्को घटना आइलाग्यो ०६८ असोज ९ गते ।


इस्लामिक संघ नेपालका महासचिव फैजान अहमदको गोली प्रहार गरी हत्या गरियो घन्टाघरअगाडि । घटनास्थल महानगरीय प्रहरी कार्यालयसँगै थियो । तैपनि, प्रहरीले गोली प्रहार गर्ने अभियुक्त पक्राउ गर्न सकेन । 

भारतीय अन्डरवल्र्ड अपराधी छोटा राजन समूहको निर्देशनमा बब्बु भनिने त्रिलोकविक्रम सिंहको निर्देशनमा आदित्य पल र फहद आलमले काठमाडौं आई फैजानलाई गोली हानेर फरार भएका थिए । प्रहरीले उक्त घटनामा ट्याक्सी चालकलाई मात्रै पक्राउ गर्न सफल भएको थियो ।

यो घटनापछि काठमाडौंको सुरक्षा व्यवस्थाप्रति ठूलो आलोचना भयो अन्तर्राष्ट्रियस्तरमा । ०६९ जेठ १८ मा अर्को ‘हाईप्रोफाइल’ हत्याकाण्ड भयो सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको । यो घटनामा भने विदेशी आपराधिक समूहको संलग्नता नभएर स्वदेशकै अपराधीको संलग्नता थियो ।

प्रहरीले लामो समयको अनुसन्धानपछि घटनामा संलग्नलाई पक्राउ गर्यो । हतियारसहितका बडीगार्ड लिएर हिँडेका बममाथि खुला च्यालेन्ज गर्दै अपराधीले गोली प्रहार गरेका थिए ।

यी चार वटा घटनापछि सोमबार शान्तिनगरमा अर्को हाईप्रोफाइल मर्डर भयो । दसैं, तिहार र छठको एकीकृत सुरक्षा रणनीतिअनुसार सुरक्षाकर्मी परिचालन भएको जान्दाजान्दै पनि अपराधीले प्रहरीलाई खुला च्यालेन्ज गर्दै निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गरेर फरार भए । प्रहरीले घटना घटेको २४ घन्टा बित्दा पनि घटना कसले गराएको हो भन्ने आधिकारिक धारणा बाहिर ल्याउन सकेको छैन । अनुसन्धानका नाममा दुईवटा छुट्टाछुट्टै छानबिन समिति मात्रै बनाएको छ ।

एकपछि अर्को हत्याकाण्ड मच्चिरहँदा राजधानीको सुरक्षा अवस्था यति कमजोर किन भयो ? प्रहरी परिचालनमा के–कस्तो कमजोरी भयो ? प्रदेश र संघको चुनावको मुखमै सर्वसाधारण आतंकित हुने गरी गराइएको यो आततायी घटनाले मुलुकको शान्ति–सुरक्षा कुन तहमा छ भन्ने छर्लंग पारेको छ । 

नेपाल प्रहरीका एक पूर्व आईजीपी भन्छन्, ‘काठमाडौंको शान्ति–सुरक्षा कस्तो हुने भन्नेबारे प्रहरीको नेतृत्वमा पनि भरपर्छ । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति