६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा १३ सय नेपालीको रोजगारी गुमाउँदै

३० आश्विन २०७४, सोमबार ०२:०८

असोज ३०, काठमाडौं | बैदेशिक रोजगारी अन्तर्गत कतारमा १३ सय नेपालीले रोजगार गुमाने भएका छन् । कतार स्थिति युनाइटेड क्लिनिङ कम्पनीमा कार्यरत करिब १३ सय नेपालीले रोजगारी गुमाउने निश्चित जस्तै देखिएको छ ।

कम्पनीले यही महिनादेखि तलब दिन सकेको छैन भने भिषा समेत नविकरण गरिदिएको छैन । तलब नपाएपछी नेपाली मात्र नभई अन्य देशका थप करिव ८०० कामदारहरु समेत मारमा परेका छन् । कम्पनीले तलब र भिषा नदिएपछी कयौं पिडितहरु दुतावासमा पुगेका छन् भने कानुनी प्रक्रिया समेत सुरु गरिएको छ । पीडितहरूले तलबसहित स्वदेश पठाइदिनका लागि कतारको श्रम विभाग र अदालतमा उजुरी समेत दिएका छन् । 

कतारका विभिन्न मन्त्रालय, प्रहरी, सेना, अदालत, बन्दरगाह, बैंक, निजी क्षेत्रका ठूला कार्यालयलगायत क्षेत्रमा क्लिनरको रुपमा मजदुर र कार्यालय सहयोगी पठाउने गरेको यस कम्पनी बन्द हुने स्थितिमा पुगिसकेको त्यहाँ स्थित पिडित नेपालीहरुले जनाएका छन्  ।

समस्याबारे बिभिन्न उजुरी परेपछी कतारको श्रम विभागले कम्पनीका सञ्चालक/प्रतिनिधिलाई उपस्थित हुन बोलाउँदा पनि पुगेका छैनन् । दूतावासलेआफ्नो सम्पर्कमा आएका कामदारलाई श्रम विभाग पठाएको छ । टिकट जुटाउन सक्ने केही कामदार भने स्वदेश फिर्न थालेका छन् । भिसाको म्याद नभएका कामदार खोज तथा अनुसन्धान केन्द्र (डिपोर्टटेसन सेन्टर) बाट नेपाल आएका छन्। समस्या पछी आफ्नै खर्चमा फर्किनेहरू आफूले पाउनुपर्ने बाँकी तलब, पाउनुपर्ने अन्य सबै सुविधालाई त्यागेर फर्किएका हुन् । न्यायका लागि कतारकोअदालत धाएर अदालतले पीडितको पक्षमा फैसला दिए पनि कम्पनीले फैसला कार्यान्वयन गर्ने क्षमता नभएको भन्दै पीडित कामदारले अर्को कम्पनीमा काम गर्ने वातावरण मिलाइदिनुपर्ने बताउछन्। नेपाली दूतावासका श्रम काउन्सिलर गिरिजा शर्माले पीडितको हितका लागि दूतावासले सक्दो कोसिस गरिरहेको बताइन्। – कान्तिपुरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति