2026-07-25 12:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१३ वर्षमा बिहे, १६ वर्षमा सम्बन्ध विच्छेद !

असोज ३१, बागलुङ | जिल्लाको तमानखोला गाउँपालिका-१ का १३ वर्षीया सुनिता गोतामेले कक्षा ५ मा पढ्दापढ्दै बिहे गरिन् । आफ्नै फुपुले बुर्तिबाङ बजार जाउँ भनेर फकाई फुलाई ल्याएर तमान २ सिलगुमका किसान विकसँग बिहे गराइदिइन् । रमाइलो गरेर लाउँलाउँ खाउँखाउँ भन्ने बेला सुनिता उमेरको अपरिपक्वता, घर व्यवहार, त्यसमाथि सासू ससुराको दुव्र्यवहारले आजित हुँदै थिइन् ।

बिहे गरेको तीन वर्ष नबित्दै श्रीमान्ले अर्को बिहे गरेपछि त उनको रंगीन सपनाको यात्रामा पूर्णबिराम लाग्यो । सानैमा बिहे गरेका श्रीमान्ले अर्की श्रीमती ल्याएपछि अहिले उनले किसानसँग सम्बन्ध विच्छेद गरिन् । मंसिर मसान्तभित्र केटा पक्षले ३ लाख रुपैयाँ दिने सहमतिपछि उधारो सम्बन्ध बिच्छेद गरेको उनले बताइन् ।

अहिले १६ वर्षमा टेकेकी उनी छिटो बिहे गरेकोमा पछुतोमा छिन् । ‘बिहे र जीवनबारे केही थाहा थिएन, त्यस्तो बेलामा फकाएर जबरजस्ती बिहे गरिदिए’, माइतीमा बस्दै आएकी उनले आँखाभरि आँसु बनाउँदै भनिन्, ‘मेरो अब केही सपना रहर छैनन्, अब यिनै बा आमासँग दु:खजिलो गरेर बाँच्छु, जिन्दगी जाने कुरामा कसैले पनि खेलवाड नगर्नुहोला ।’

तमानखोला १ स्याउलाकै शान्ति छन्त्यालले १३ वर्षको उमेरमै बिहे गरिन् । स्कुल पढ्दै गर्दा कक्षा १० मा पढ्ने विद्यार्थीसँग प्रेममा परेर बिहे गरेकी उनले १४ वर्ष पूरा नहुँदै छोरो जन्माइन् । अहिले घर व्यवहार सम्हाल्न मुस्किल भइरहेको उनी सुनाउँछन् । सासूससुराको कचकचले उनी माइतीमा बस्दै आएकी छन् ।

उनकी आमा चेतना घर्ती अहिले ३२ वर्षकी भइन् । सानै उमेरमा बिहे गरेकी चेतना अहिले श्रीमान् गुमाएपछि एकला महिला बनिसकेकी छन् । ‘केही नबुझी सानैमा बिहे गर्न हुन्न रहेछ भन्ने महुसुस भएको छ’, शान्तिले भनिन्, ‘शारीरिक, मानसिक सबै हिसाबले परिपक्व भएर बिहे गर्दा राम्रो हुने मलाई लागेको छ ।’

तमानखोला गाउँपालिका ५ खुङ्खानीका नरमा सिर्पालीको व्यथा पनि उस्तै कहाली लाग्दो छ । गाउँकै आफन्त माग्न आएपछि पुग नपुग १४ वर्षको हुँदा बाबु कालीमान गोतामेले बचन छोडिदिए, ‘छोरीलाई मनाउनू, लैजानू ।’ कक्षा २ पढ्दै गर्दा आमाको अल्पायुमै निधन भएपछि पढाइ छोडेकी नरमालाई बुबाकै बचनलाई आधार बनाएर खुङ्खानीकै कोपिल सिर्पालीसँग बिहे गराइदिए 

बिहे त भयो तर अहिले सासूससुराको दैनिक गालीगलौज, श्रीमान्को बेवास्ता र दुव्र्यवहार सहन नसकेर माइतीमा बस्दै आएकी छन् । श्रीमानले हालै काठमाडौंतिरबाट अर्को बिहे गरेर आएको थाहा पाएपछि नरमा थप विक्षिप्त बनेकी छन् । ‘सानैमा टुहुरी भएकीले घरमा बोझजस्तो ठानेर जबरजस्ती बिहे गरिदिए’, उनले थपिन्, ‘अहिले माइतीमा बस्दा दुनियाँको कुरा सुन्नु परेको छ, सबैबाट घृणा र दुव्र्यवहार सहनु परेको छ । केही उमेर परिपक्व भएर बिहे गरेको भए सम्भवतः यस्तो नियति भोग्नु पर्थेन कि ?’ उनले भनिन् ।

उमेरले १६ वर्ष पुगेकी खुङ्खानीकै माया सिर्पाली सानै उमेरमा अवैध गर्भको सिकार बनिन् । आमाबुबा गोठ जानुपर्ने बाध्यताका बीच घरमा कोही नभएका बेला गाउँकै मदन सिर्पालीसँग भएको अवैध सम्बन्धले निकै तनाव बेहोर्नुपर्‍यो । ‘धेरै महिनासम्म त लुकाएर राखें, कसैलाई भनिनँ’, मायाले भनिन्, ‘यस्तो समय आयो, जतिबेला ९ महिनाको अवस्थामा मैले नभने पनि दुनियाँले थाहा पाउने भए, त्यसैले मेरो पेटमा मदनको गर्भ छ भनेपछि गाउँलेले दुवैको बिहे त गराइदिए । तर त्यो दिगो हुन सकेन ।

आफ्नो छोरा र परिवारको इज्जतमा समेत दाग लगाएको भन्दै मायालाई दैनिकजसो परिवारबाट मानसिक यातना आउन थाल्यो । ‘बिहेको १७ दिनसम्म त सहेरै बसें, घर छोडेर आएको कहाँ जाने ? जाने ठाउँ थिएन, मर्न पनि सकिनँ’, २ वर्षकी छोरी मुस्कानलाई मुर्सार्दै उनले भनिन्, ‘यही बच्चाको मुख हेरेर फेरि माइत आएर बसेकी छु, श्रीमान्ले पनि राम्रो व्यवहार नगर्दा पीडामा छु ।’

यी त प्रतिनिधि घटना मात्र हुन् । तमानखोला गाउँपालिकाको खुङ्खानी, स्याउलालगायतका गाउँमा बाल विवाहको प्रचलन व्याप्त पाइएको छ । ‘अशिक्षा, चेतनाको अभाव, आर्थिक विपन्नतालगायतका कारण बाल विवाह अहिले पनि उस्तै गतिमा भइरहेको छ’, स्थानीय गौचन विकले भने, ‘यसलाई रोक्न कुनै पनि निकाय, सघंसंस्थाबाट अहिलेसम्म पहल हुन सकेको छैन ।’

तमानखोला गाउँपालिकाले अहिले गाउँपालिकामा बाल विवाह सामाजिक विकृतिका रूपमा रहेको ठहर गर्दै नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागिएको बताएको छ । ‘हामी नयाँ संघीय अभ्यासका क्रममा गाउँपालिकामा रूपान्तरित भएपछि यहाँ बालविवाहको समस्या चरम रहेको पाइयो’, गाउँपालिकाका कार्यकारी अधिकृत खिमबहादुर विकले भने, ‘यही समस्यालाई बोध गरेर बालविवाह रोक्न चेतनामूलक कार्यक्रम अभियान सञ्चालनका लागि बजेट विनियोजन गरिसकेका छौं ।’ बाल विवाह व्याप्त भए पनि यसबारे प्रहरीमा कुनै उजुरी अहिलेसम्म नआएको बुंगादोभान प्रहरीचौकीले जनाएको छ । – अन्नपुर्णपोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक