2026-09-08 08:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी

काठमाडौँ | प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल विजयी भएका छन् । आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार खरेल ३९ हजार ४ सय ९१ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

विजयपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन् । उनले यो जित ललितपुर–२ मात्र नभई समग्र ललितपुर र देशकै जित भएको बताए । खरेलले भने, ‘सम्पूर्ण जनताहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु । यो जित ललितपुर क्षेत्र नम्बर २ को मात्र होइन, समग्र ललितपुरको जित हो। हामीले यसलाई देश र जनताको जितका रूपमा लिएका छौँ, पार्टीको मात्रै जितका रूपमा होइन ।’

उनले अब देश निर्माण र विकासको अभियानलाई अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । खरेलले पार्टी सभापति रवि लामिछाने तथा वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका रूपमा उल्लेख गरिएका बालेन शाहको नेतृत्वमा देशलाई विकास र समृद्धिको बाटोतर्फ अघि बढाउने अभियान जारी रहने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित