Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

भित्र अँध्यारो बाहिर झिलिमिली

By साझासवाल 8 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार | कात्तिक ३, गुल्मी । गुल्मीको वाग्ला गाउँका कैयौं दलित वस्तीमा बिद्युतको बत्ति बलेको छैन  । सामन्य टुकि बत्तिले भित्र सवैतिर भ्यायुँ पाउने गरी उज्यालो छैन् , अँध्यारै छ । तर  लक्ष्मी पुजाको दिन देखि साँझ पर्न  साथ  ति भित्र अँध्यरो भएको घर बाहिर ब्याट्रीको सहायताबाट बल्ने झालर बत्तिहरु बालेर सडक समेत उज्याले हुने गरी झिलीमिली पारिएको छ ।

ढोका अगाडी तेलको दियो प्रजलित गर्ने चलन थियो । तर अहिले मैन बत्ति बालेको देखिन्छ प्रायः ति बस्तीका घर–घरमा । धुर्कोट गाउँपालिका  वडा नम्वर ७ मा पर्ने वाग्लाको अधिकांस दलित बस्तीमा खरका झुपडीहरु छन् । गरिवी र वेरोजगारी व्याप्त छ र पनि दशैं तिहार जस्ता चाड पर्वमा खर्चको कमी गरिदैन् ।

वाग्ला मात्रै होईन हाडहाडेमा पनि कैयौं घरहरुमा बत्ति बोल्न सकेको छैन् ।  त्यहाँ पनि भित्र अँध्यारो बाहिर झिलिमिली देख्न पाईन्छ । फुलहरु  प्रायः घर–घरै भएको देख्न सकिन्छ तर कृतिम माला खरिद गरेर ल्याई सकिएको छ ।  वस्तुका बासीन्दा पुर्व सांसद रुद्रमणी शर्मा भण्डारीले भने,–‘स्थानिय वस्तु उपभोगमा मानिसहरुले आँखा लगाउनै छाडे, दिपाली गर्न दियो बाले हुँदैन्थ्यो तर मैन बत्ति चाहियो, म हिजो यसो हेर्दै जान्छु भन्दा त घर–घरमा मैन बत्ति र झिलिमिली देखें, भित्र भने अँध्यारैमा बस्न पनि रुचाउने । ’

उनको अनुमानमा बस्तुबाट मात्रै माला र मैन बत्ति लगायतको तिहारको साम्रगी किन्दा लाखौं बाहिरिएको छ । उनले फुलको माला र दियोको प्रयोग गर्न सवै संग आग्रह गरे । माओवादी केन्द्रका जिल्ला सदस्य एवं जैसीथोकका वासीन्दा  बिरेन्द्र कुँवरले गाउँपालिकाबाटै कृतिम माला भित्राउन निषेध गर्न गाउँपालिका प्रमुख भुपाल पोखरेल संग माग गरे ।

‘मैले पहिलै देखि भन्दै आएको छु घर–घरमा फुल रोप्न लगाऔं, कृतिम माला बर्जित गरौं त्यसो गरिए साविकको एउटा गाविस जैसीथोकबाट मात्रै लाखौ बचाउन सकिन्छ,–‘ उनले भने–‘ यो तत्काल लागु गर्न म गाउँ कार्यपालिका संग माग गर्दछु ।’ जवाफमा गाउँपालिका प्रमुख भुपाल पोखरेलले धुर्कोट गाउँपालिकाले त्यो काम सुरु गरी सकिएको जानकारी दिए ।

उनले भने–‘‘यसपालीको तिहारमा कृतिम माला पुरै रोक्न त सकिएन तर अर्को वर्ष देखि  पुर्णरुपमा रोकेर फुलको माला घर घरमा हुनेछ । यस आर्थिक बर्षमा पुष्पा  उत्पादन कार्यक्रमका लागि रकम विनियोजन गरिएको छ । ’

उनले थपे–‘ लाखौं रुपैयाँ बचाउने मात्र होईन यहाँबाट उत्पादन भएका फुलहरुबाट लाखौ आम्दानी लिने र पचास जना भन्दा बढिलाई यसै वर्ष रोजगारी दिईने छ । उनले  एक घर अनिवार्य  एक फुलवारी बनाउन सवै संग आग्रह समेत गरेका छन् । तिहारमा सेल रोटी चिउरीका पातका ठुला टपरीहरुमा टक्राउँदा निकै शोभा दिने गर्दथ्यो तर अहिले तालहरुमा दिन थालिएको छ । यो पनि रोक्नु पर्नेमा उनको जोड रहेको थियो ।

स्थानिय उत्पादन झिनिया रोटीबाट करोडौं आम्दानी

गुल्मीमा प्रशिद्ध झिनिया रोटीबाट जिल्लाका सवै हाडबजारमा एक  करोडको भन्दा बढिको  ब्यापार भएको पाईएको छ । वामीटक्सारका नेवार समुदायबाट सुरु भएको त्यस रोटीको प्रशिद्धता अन्य समुदायमा समेत बढेको छ । वामीटक्सारमा मात्र ४० लाखको झिनिया रोटी विक्रि भएको त्यहाँबाट पत्रकारहरुले समाचार पठाएका छन् ।

त्यस्तै रिडीबाट  पत्रकार चुरामणी तिम्लिसेनाले दिएको जानकारी अनुसार वामीटक्सारकै हाराहारीमा झिनिया रोटीको व्यापार रिडीमा भएको छ । त्यस्तै बलेटक्सार, रानीास र चौताराका  नेवार समुदायले पनि झिनिया रोटीबाट राम्रो ब्यापार गरेका छन् । यता सदरमुकाम तम्घासका नेवार समुदायले पनि करिव ५० लाख वरावरको झिनिया रोटी विक्रि गर्दै  आएको प्रतिपसलको ब्यापारबाट आंकलन गरिएको छ । उता पुर्कोटद , वस्तुका नेवार समुदायले पनि राम्रो आम्दानी लिएको बताउँ छन् । पछिल्लो चरण अन्य समुदायले पनि उक्त रोटीको ब्यसाय गर्दै आएका छन्  । झनिया रोटी संगै गुल्मीमा फिनी रोटी र बटुक पनि किनै चाख मानिन्छ ।

तस्वीमारः झालर बत्तिका फेशनकर्ता सदरमुकाम तम्घासबासीको झिलिमिली