2026-09-22 09:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रातारात रोकियो नेताको छोरीको विवाह: मध्यरातमै फर्के भारतबाट आएका तीन सय जन्ती

कात्तिक ८, सिराहा | बेहुलीको घरमा निकै चहल पहल तथा भिडभाड थियो। सबै आफन्त विवाह घरमा जम्मा भएका थिए। विवाहका लागि चाहिने सबै सामान तयार पारिएको थियो। जन्ती पनि आइसकेका थिए। जब ‘निकाह’ सुरु हुन लाग्यो अनि त्यहाँ पुग्यो प्रहरीको टोली। बेहुलीको उमेर नपुगेका कारण विवाह रोक्न लगायो। हिन्दु परम्परा अनुसार विवाह गर्दा गरिने ‘स्वयंबर’लाई मुस्लिम समुदायमा ‘निकाह’ भनिन्छ। 

सोमबार राति सिरहाको लहान नगरपालिका ६ मा यस्तै भएको हो। स्थानीय सबिला खातुन विवाह गर्न सजिएकी थिइन्। सबिलालाई लिनका लागि भारत मधुवनी जिल्ला पदमा ग्रामबाट मो. आशिफ एकवाल जन्ती लिएर आइ पुगेका थिए। तर बेहुलीको उमेर नपुगेर विवाह गर्न लागेको थाहा पाएपछि विवाह रोक्न लगाएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी नरेशराज सुवेदीले बताए।

३ सय जन्ती

डिएसपी सुवेदी भन्छन्- ‘बाल विवाह हुन लागेको मलाई सूचना अयो, त्यसपछि विवाहस्थल पुगेर बेहुला र बेहुली पक्षलाई विवाह नगर्न आग्रह गरे, उनीहरुबीच विवाह नगर्ने कुरामा सहमत भयो, त्यसपछि बेहुला जन्ती लिएर राति नै फर्कियो।’ बेहुलाले दर्जनौं गाडीमा करिब ३ सय जति जन्ती लिएका आएका थिए- उनले भने।

चेतनाको अभाव

डिएसपी सुवेदीका अनुसार बेहुली बन्न लागेकी सबिला मदरसामा पढ्छिन्। उनको उमेर १४ बर्ष हो। बेहुला एकवालको उमेर अन्दाजी २९-३० बर्षको थियो। उनले भने- ‘केटा र केटीको उमेरमा पनि धेरै अन्तर छ, तरपनि कसरी विवाह गर्न सहमत भएका थिए दुबै पक्ष।’ दुबै पक्षको कुरा सुन्दा चेतनाको अभाव देखिएको उनको भनाइ छ।

१० लाखभन्दा बढी खर्च

विवाह नभएपनि बेहुला पक्षको खर्च भने करिब १० लाखभन्दा माथि भएको स्थानीय बताउँछन्। जन्तीको खाना, विवाहका सामान, घरमा सजाबट र दहेज लगायतमा करिब १० लाखभन्दा बढी खर्च भएको स्थानीयको अनुमान छ। तर सबिलाका बुवा मो. ताहिरले करिब २ लाख मात्र खर्च भएको बताएका छन्। उनका अनुसार जन्तीलाई खुवाउन र सजाबट मात्र भएको भयो। विवाहका सामानहरु बर्बाद भएको छ।

आमा बुवा राजनीतिमा

सबिलाकी आमा अमिना खातुन राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतृ हुन्। उनी स्थानीय तहको निर्वाचनमा लहान नगरपालिकाका लागि राप्रपा पार्टीबाट उपमेयरकी उम्मेदवार बनेकी थिइन्। तर पराजित भइन्। सबिलाका बुवा मो. ताहिर पनि दोस्रो संविधानसभाका चुनावमा सिरहा क्षेत्र नम्बर १ बाट नेपाल लोकतान्त्रिक पार्टीबाट सांसदका उम्मेवार बनेका थिए। उनी जग्गा कारोबार पनि गर्छन्। – अन्नपूर्ण पोस्टबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो