2026-10-31 09:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

अटोरिक्सालाई व्यवस्थित रुपमा संचालन गर्नुपर्नेमा जोड

माधव बेल्वासे/कात्तिक ९, कपिलवस्तु । अटोरिक्सालाई व्यवस्थित रुपमा संचालन गनुपर्नेमा वक्ताहरुले जोड दिएका छन ।

अटोरिक्सा व्यवसायीहरुको छाता संगठन शिवराज अटोरिक्सा समितिको कार्यालय उद्घाटन गर्दै वोल्ने वक्ताहरुले यस्तो वताएका हुन । कार्यक्रममा वोल्दै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले ट्राफिक ऐन नियमको परिधिमा रही रुट निर्धारण गरी अटोरिक्सा संचालन गन आग्रह गरे । अटोरिक्साले युवाहरुको वढदो वैदेशिक यात्रालाई कम गरी स्वरोजगार बनाएको धारण व्यक्त गरे । 

नगरप्रमुख अधिकारीले अटोरिक्साले निम्त्याउने विकृति एवं विसंगतिलाई हल गर्दै व्यवसायीमाथि पर्ने समस्याप्रति समिति पूर्ण जिम्मेवार हुनुपर्ने वताए । अधिकारीले यसवर्ष नगरभित्र २० किलोमिटर बाटो कालोपत्रे हुने भएकाले व्यवसायीलाई केही सहज हुने जानकारी गराए  । 

कार्यालय उद्घाटन कार्यक्रममा युवा नेता अजय थापाले विदेशिने युवालाई स्वदेशमै आई आत्मनिर्भर बनी देशविकासमा लाग्न सुझाव दिनुभयो । बजारलाई स्वच्छ, सफा, हराभरा, व्यवस्थित र सुन्दर नगरको रुपमा विकास गर्न अटोरिक्सा व्यवसायीलाई नेता थापाले आग्रह गरे

कार्यक्रममा वोल्दै अस्थायी ट्राफिक प्रहरी पोष्ट चन्द्रौटाका प्रमुख एवं सहायक प्रहरी निरीक्षक (असई) अमर थापाले चन्द्रौटा हरेक क्षेत्रको मुख्य नाका भएकाले अन्य सवारी साधनलाई अवरोध हुनेगरी अव्यवस्थित रुपमा अटोरिक्सा संचालन नगर्न अनुरोध गरे । शिवराज अटोरिक्सा समितिमा पेट्रोलबाट चल्ने २१ ओटा अटोरिक्सा संचालनमा रहेका छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय