2026-09-14 05:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

ई—रिक्सा, अटो रिक्सा र टेम्पो राजमार्ग तथा सदरमुकाम जोडने सडकमा चलाउन नपाईने

इमरान खान/कात्तिक १२, कपिलवस्तु । कपिलबस्तु जिल्लामा पर्ने राजमार्ग र विभिन्न भित्रि सडक खण्डहरु समेतमा सञ्चालन हुँदै आएका ई—रिक्सा तथा अटो रिक्साहरु अबदेखि राजमार्ग तथा सदरमुकाम जोडने मुख्य सडक खण्डमा चलाउन नपाईने भएको छ । 

उक्त सडक खण्डहरुमा चलाउन नपाइने ब्यबस्था हुदाहुदै पनि कतिपय ब्यबहारिक समस्या तथा प्रहरीको आँखा छलेर यी सवारी साधनहरु चलाउदै आएपनि अबोप्रान्त पूर्ण रुपमा निषेध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे कपिलबस्तुले जानकारी गराएको छ । 

मिति २०७४ ।०७ । ११ गते जिल्लाको शिवनगर नगरपालिका क्षेत्रमा सञ्चालित शिबगडी ई—रिक्सा समिति, शिवराज अटोरिक्सा समिति, बाणगंगा नगरपालिका क्षेत्रमा सञ्चालित बाणगंगा अटोरिक्सा समिति, न्यु लुम्बिनी  ई—रिक्सा समितिका प्रमुख तथा पदाधिकारीहरु र कपिलबस्तु नगरपालिका क्षेत्र, बुद्धभूमि नगरपालिका क्षेत्रभित्र सञ्चालित ई—रिक्सा तथा टेम्पो ब्यबसायी तथा चालकहरु समेत ५५ जनालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेको सभाहलमा भेला जम्मा गरि कार्यालय प्रमुख प्र.नि.अमर बहादुर कार्कीले राजमार्ग तथा सदरमुकाम जाने मुख्य सडक खण्ड प्रयोग नगर्नु पर्ने कारण स्पष्ट पार्दै अटेर गरे प्रचलित कानुन नियमानुसारको कारवाही गरिने जानकारी गराउनु भयो ।

 सो अबसरमा प्र. नि. कार्कीले सवारी धनि तथा चालकहरुले सवारी सञ्चालन गर्दा ध्यान दिनु पर्ने कुराहरु उल्लेख गर्दै सबै सचेत रही दुर्घटना न्यूनिकरण कार्यमा सहयोग गर्न अनुरोध गर्नुभयो ।  

कार्यक्रममा सहभागी विभिन्न ब्यबसायी समितिका पदाधिकारी,ब्यबसायी तथा चालकहरुले राजमार्ग तथा मुख्य सडक खण्डमा ई—रिक्सा तथा टेम्पो चलाउन नपाउने ब्यबस्था आफ्नो लागि पिडादायी र मार्मिक रहेपनि राज्यद्वारा निर्देशित नियम कानूनको सम्मान गर्दै पालना गर्ने तर्फ सजग रही ट्राफिक प्रहरीको कामकारवाहीमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुका साथै परिस्थिति जन्य अबस्थामा ब्यबहारिक भै दिन ट्राफिक प्रहरीलाई अनुरोध समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ