2026-09-22 09:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फ्रान्सेली युवतीको पासपोर्टमा अर्कै व्यक्ति उडेपछि…

कात्तिक १३, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक फ्रान्सेली युवतीको राहदानीमा (पासपोर्ट) मा अर्कै व्यक्ति उडेको खुलासा भएको छ । 

पर्यटक भिसामा भदौ १८ गते नेपाल आएकी फ्रान्सेली युवती फ्लोरेन्स मारी ऐनीको राहदानीमा भदौ २३ गते अर्कै व्यक्ति उडेकी हुन् । अर्काको राहदानीमा उड्ने अनुमति विमानस्थलस्थित अध्यागमनका कर्मचारीले कसरी दिए, खोजीको विषय बनेको छ। यो खबर शम्भु कट्टेलले आजको अन्नपूर्णमा लेखेका छन् ।

फ्लोरेन्स राहदानी हराएको भन्दै नेपालस्थित फ्रान्सेली दूतावासबाट जारी भएको राहदानीमा भिसा ट्रान्सफर गर्न अध्यागमन पुग्दा उनको राहदानीमा अर्कै व्यक्ति उडेको खुलासा भएको हो। त्यसलगत्तै अध्यागमन विभागले विमानस्थलस्थित अध्यागमन कार्यालयमा खबर गरेको थियो । फ्लोरेन्सको राहदानीमा अर्कै व्यक्तिलाई उडाउन सघाउ पुर्‍याएको आशंकामा विमानस्थल अध्यागमनका एक अधिकृतलाई विभागमा फिर्ता बोलाइएको छ ।

अध्यागमन विभागको सूचना अधिकारीसमेत रहेका निर्देशक राजुप्रसाद पौडेलले घटनाबारे अनुसन्धान भइरहेको बताए । निर्देशक पौडेलले अन्नपूर्णसँग भने, ‘अर्काको राहदानीमा डिपार्चर दिने कर्मचारीमाथि समेत छानबिन भइरहेको छ। प्रहरी र अध्यागमन दुवै निकायले अनुसन्धान गरिरहेको छ ।’

विमानस्थलमा बायोमेट्रिक्ससहितको सफ्टवेयर प्रणाली नहुँदा फ्रान्सेली युवतीको राहदानीमा अवैध व्यक्ति उड्न सफल भएको अधिकारीहरू बताउँछन्। फ्लोरेन्स इन्डोनेसियामा व्यापार गरेर बस्दै आएकी छन् । 

उनको राहदानीमा उड्ने व्यक्तिबारे अध्यागमन कर्मचारीलाई थाहा छैन। तर, यसबीच फ्लोरेन्सले समेत नेपाल छाडिसकेकी छन् । पर्यटक भिसामा आएकी उनी कपन गुम्बामा मेडिटेसन गर्न बसेकी थिइन्। त्यहीँबाट उनको राहदानी भएको झोला हराएको प्रहरीमा उजुरी परेको थियो ।

राहदानी रहेको झोला हराएपछि फ्लोरेन्सले महानगरीय प्रहरी वृत्त बौद्ध र प्रदर्शनीमार्गस्थित पर्यटक प्रहरीमा उजुरी गरेकी थिइन्। गुम्बामा मेडिटेसन गर्ने क्रममा उनी लिथुनियाकी एक युवतीसँग बसेकी थिइन् । केही दिन सँगै बसेकी लिथुनियाकी ती युवतीले फ्लोरेन्सको राहदानी दुरुपयोग गरेको हुन सक्ने आशंका गरे पनि अध्यागमन र प्रहरी अधिकारीले त्यसबारे प्रमाण जुटाउन सकेका छैनन् । 

‘यो वा त्यो वहानामा कर्मचारीमाथि कारबाही गर्नुभन्दा प्रविधिलाई बलियो बनाउनुपर्‍यो,’ विमानस्थलस्थित अध्यागमनका एक कर्मचारीले अन्नपूर्णसँग भने, ‘न प्रविधि बलियो छ न त कर्मचारीलाई कुनै तालिम । कर्मचारीलाई निशाना मात्र बनाएर हुँदैन, गृह मन्त्रालय नै अध्यागमनको स्तरोन्नतिमा उदासीन छ ।’

अध्यागमन विभागले पर्याप्त अनुसन्धानविनै ती फ्रान्सेली युवतीलाई असोज १३ गते शुक्रबार जाने अनुमति दिएको स्रोतले बताएको छ। फ्लोरेन्सको राहदानीबाट अर्कै व्यक्ति उडेको खुलासा भएपछि विमानस्थलमा खटिएका अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ । त्यसैगरी, अर्काको राहदानी लिएर यात्रा गर्ने व्यक्तिलाई बोर्डिङ पास दिने एयरलाइन्सका कर्मचारीको भूमिका शंकास्पद देखिएको छ ।

विमानस्थल अध्यागमन कार्यालयमा भएको यो घटना पहिलो भने होइन। पुसमा समेत एक भियतनामी युवतीको राहदानीमा अर्कै युवती उडेकी थिइन् । अध्यागमनका अधिकारीले भियतनामी युवती लेथी किमतुको राहदानीमा को उड्यो भन्ने विषय पत्ता लगाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो